सात महिनामा करिब डेढ कराेडकाे अवैध सामान बरामद्

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१०-२१ गते   ५६४ पटक हेरिएको

सर्लाही प्रहरीले चालस आवकाे सात महिनाको अवधिमा करिब रु १ करोड ३१ लाख बराबरको अवैध सामान बरामद  गरेकाे छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीले पछिल्लाे समय प्रहरी परिचालन विशेषध्यान दिएका कारण आफुहरुले करिब ७ महिनामा एक कराेड भन्दा बढिकाे अवैध सामान बरामद्  गरी जिल्ला भन्सार कार्यालय मलंगवा सर्लाही बुझाएको  प्रहरी नायव उपरीक्षक एवम प्रहरी प्रवक्ता माधव प्रसाद बुढाथोकीले जानकारी दिनु भयाे ।
 नियमितरूपमा नेपाल-भारत सिमानाका तथा अवैध गतिविधि हुने  विभिन्न स्थानहरुमा प्रहरी परिचालन गरि २०७८ साल साउन मसान्तदेखि हालसम्म जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी युनिटहरुबाट खटिएका प्रहरी टोलीले भन्सार छली अवैध रुपमा नेपाल भित्राइएका विभिन्न सामानहरु गरी रु एक करोड ३१ लाख २ हजार १ सय ८३  बराबरको   विभिन्न सामग्री बरामद गरी आवश्यक कार्यवाहीको लागि जिल्ला भन्सार कार्यालयलाई बुझाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले कताउनु भयाे ।
  त्यस्तै,सर्लाही प्रहरीले  विभिन्न मुद्दामा फरार रहेका ३८ जना  फरार प्रतिवादीलाई समेत पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ । उनिहरु उपर जिल्ला अदालत सर्लाहीले  १३ वर्ष १ महिना ५ दिन कैदको साथै रु ४ लाख ८७ हजार ८४  जरिवानाको सजाय सुनाएको प्रवक्ता बुढाथोकीले जानकारी दिनुभयाे ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech