नेपाली उपभोक्ता संरक्षण महासंघ मधेश प्रदेशद्धारा ४ जिल्लामा जिल्ला संयोजक तथा एसोसियट गठन

2.5k Shares

नेपाली उपभोक्ता संरक्षण महासंघले मधेश प्रदेशका जिल्ला संयोजक तथा एसोसियट मेम्बरहरुलाई जिम्मेवारी हस्तान्तरण तथा प्रमाण पत्र वितरण गरेको छ ।
बजारमा नेपाली उपभोक्तालाई नकारात्मक असर पार्ने कार्यहरु विरुद्ध जनमतद्वारा खबरदारी गर्ने गराउने उदेश्यका साथ गठन भएको महासंघले मधेश प्रदेशका बारा, पर्सा र महोत्तरी जिल्लाका जिल्ला संयोजक तथा अन्य एसोसियट सदस्यहरुलाई प्रमाणपत्र प्रदान गर्दै जिम्मेवारी सुम्पेको हो ।
सर्लाहीको लालबन्दीमा रहेको संघको मधेश प्रदेश सम्पर्क कार्यालयमा एक कार्यक्रमको आयोजना गरी संघका मधेश प्रदेश संयोजक प्रमोद प्रसाद थपलियाले बाराका जिल्ला संयोजक सुरजलाल जोशी, पर्साका शिवेन्द्र कुमार चौधरी र महोत्तरीका श्याम सुन्दर राय कुर्मीलाई जिम्मेवारी हस्तान्तरण गर्दै प्रमाण पत्र प्रदान गर्नु भएको हो ।
त्यसैगरी एसोसियट सदस्यहरुलाई समेत जिम्मेवारी प्रदान गरिएको प्रदेश संयोजक थपलियाले जानकारी दिनु भयो । उहाँका अनुसार संघको केन्द्रले जेठ ६ गते आफूलाई मधेश प्रदेश संयोजक तोकी पठाएसँगै प्रदेशका जिल्लाहरुमा संघको जिल्ला शाखाहरु धमाधम गठन भईरहेको छ । उहाँले अहिले सम्म सर्लाहीसहित बारा, पर्सा र महोत्तरीको जिल्ला शाखा गठन भई जिम्मेवारी समेत हस्तान्तरण गरि सकिएको  बताउनु भयो । प्रदेशका बाँकी चार जिल्लामा पनि छिट्टै नै शाखा गठन गरिने उहाँले बताउनु भयो । ८ वटैै जिल्लामा शाखाहरु विस्तार भईसकेपछि लालबन्दीमा नै एक वृहद कार्यक्रमको आयोजना गरी संघको प्रदेश सम्मेलन गरिने संयोजक थपलियाले बताउनुभयो ।
 

सम्बन्धित समाचार