Close This

प्रदेश सांसद् उप्रेतीद्वारा जन्मदिनको अवसरमा वृद्धाश्रममा खाद्यान्न सहयोग

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-६-१२ गते   ४७० पटक हेरिएको

सर्लाहीका प्रदेश सभाका  सदस्य मा.डिल्लीप्रसाद उप्रेतीले आफ्नो जन्मदिनको अवसरमा वृद्धवृद्धाहरुलाई खाद्यान्न र फलफूल सहित मिष्ठान्न सहयोग गर्नु भएको छ । लालबन्दी नगरपालिका २ को जुटपानीमा रहेको पद्म–भूवनेश्वरी नमूना वृद्ध सेवाश्रममा रहेका बृद्धआमा बुबाहरुलाई जन्मदिनको अवसरमा सांसद उप्रेतीले खाद्यान्न र फलफूल सहित मिष्ठान्न सहयोग गर्नु भएको हो ।
सांसद् उप्रेतीले बृद्ध सेवाश्रमका लागि १ क्युन्टल चामल, फलफूल सहित मिष्ठान्न सहयोग गर्नु भएको पद्म–भूवनेश्वरी नमूना वृद्ध सेवाश्रमले जनाएको छ ।
सोमबार बिहान सांसद उप्रेतीले खाद्यान्न सहित सामग्री हस्तान्तरण गर्नु भएकोे वृद्धाश्रमकी अध्यक्ष भवानी कोइरालाले जानकारी दिनु भयो । खाद्यान्न हस्तान्तरण कार्यक्रममा नेकपाका नेताहरु तारा पोखरेल, उत्तरकुमार मैनाली, गौरि महतो, भरतकुमार कार्की, वडाध्यक्षद्वय यज्ञविनोद ढुंगेल तथा सीताराम पोखरेल लगायतको उपस्थिती रहेको थियो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech