चाडपर्व नजिकिए संगै सर्लाहीबा बजारहरुमा अनुगमनलाई तिब्रता दिइएको छ । बाणिज्य विभाग विरगन्जको टोलीले जिल्लाको लालबन्दी,हरिवन बरथवा लगायतका बजारहरुमा छड्के अनुगमन गरेको हो ।
अनुगमनको क्रममा लालबन्दीमा रहेका ५ वटा पसलहरुलाई कार्बाही गरिएको अनुगमन टोलीमा खटिनु भएको जिल्ला प्रशासन कार्यालय सर्लाहीका सुचना अधिकारी राम प्रमोद यादवले बताउनु भयो । जिल्लाका हरेक बजारहरुमा संकेतिक रुपमा ५ वटा पसmहरु छानेर अनुगमन गर्दा लालबन्दीको तिर्थ राईस मिललाई इजाजत नलिई काम गरेको भन्दै ,सिटि डिपार्टमेन्ट स्टोरले अनुमती बेगर सुर्तिजन्य पर्दाथ बिक्रि वितरण गरेको भन्दै ,आर्शिवाद किराना सपललाई उत्पादन मिति नै नलेखिएका सामानहरु विक्रि वितरण गरेको भन्दै जनही रु ५० हजार जरिवाना गरिएको यादवले बताउनु भयो ।
त्यस्तै विभागले चमेली माई खाद्य उद्योगले लेवलिंग नभएको चामल चामल ,चिउरा तथा कनिका विक्रि वितरण गरेको भन्दै चामल,चिउरा र कनिका गरी १८ बोरा तथा केराउ ३ बोरा बरामद गरि उद्योग बाणिज्य संघ लालबन्दीको जिम्मा लगाएको उद्योग बाणिज्य संघ लालबन्दीका अध्यक्ष कल्याण कुमार जोशीले जानकारी दिनु भयो ।
लेवलिंग नगरिएको खाद्य वस्तु खाद्य गुण तथा प्रविधि नियन्त्रण विभाग जनकपुर पठाउने र चेकजाँच गरि खान योग्य तथा अयोग्य छुट्याउने उद्योग वाणिज्य संघ लालबन्दीले जनाएको छ । खाद्य गुण तथा प्रविधि नियन्त्रण विभाग जनकपुरले खान योग्य भनेमा विक्रि वितरण गर्न दिने र अखाद्य ठहरेमा नष्ट गरिने अध्यक्ष जोशीले बताउनु भयो ।
अनुगमनको क्रममा कमिकमजोरी दखिएका पसल तथा व्यावसायहरुलाई तत्काल सच्चीने मौका दिइएको र इजाजत नलिएकाहरुलाई कानूनी मान्यता अनुसार इजाजत लिन निर्देशन गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ । जिल्लाका बजारहरुमा चाडपर्वको समयमा केही अनुगमन गरिएको भएपनि अरु समयमा अनुगमन नहुँदा जिल्लाका उपभोक्ताहरु मारमा परेका छन ।
जिल्लाका बजारहरुमा समय समयमा अनुगमन गरिएको भएपनि अनुगमनले निरन्तरता नपाउँदा तथा प्रभावकारी अनुगमन नहुँदा जिल्लाका उपभोक्ताहरु ठगिन बाध्य भएका छन । भने व्यापारी व्यावसायीहरुले चर्काे शुल्क असुल्नुको साथै कालो बजारी गरी रहेका स्थानिय जानकारहरुले बताएका छन । दुध डेरीहरुले पनि सुर्तिजन्य पर्दाथ विक्रि वितरण गरि रहेको समयमा पनि अनुगमन टोलीले अनुगमन गरेको बाहनामा कार्बाही नगरि छाड्ने गरेको स्थानिय उपभोक्ताहरुको आरोप छ ।