दुर्गाकुमारी अधिकारी
सर्लाहीको हरिवन नगरपालिकाका नगरप्रमुख रमेश बुढाथोकीलाई अन्तरपार्टी महिला सञ्जाल हरिवन नगर कमिटीले ज्ञापन पत्र बुझाएको छ । अन्तरपार्टी महिला सञ्जाल हरिवन नगरकमिटीकी अध्यक्ष पद्मा मोक्तानको नेतृत्वमा पुगेका विभिन्न पार्टीका महिला अधिकारकर्मीहरुले संघियता र समानुपातिक सहभागीतामा महिलाहरुको उपस्थिती गराउन नगर प्रमुख बुढाथोकीसंग अनुरोध गर्दै ज्ञापन पत्र बुझाएका हुन ।
संविधानमा भएको व्यावस्था अनुसार स्थानीय तहका हरेक गतिविधिहरुमा महिला सहभागीता र सहकार्य गर्न नगर प्रमुख,उप प्रमुख सहित नगरका सबै जनप्रतिनिधिहरुसंग अन्तरपार्टी महिला सञ्जाल हरिवन नगर कमिटीले ज्ञापन पत्रमार्फत अनुरोध गरेको छ ।
अन्तरपार्टी महिला सञ्जाल हरिवन नगर कमिटीको ज्ञापन पत्र बुझ्दै नगरप्रमुख बुढाथोकीले सकेसम्म नगरका सबै गतिविधिहरुमा महिलाको सहभागीता गराउने बताए ।