सामुदायिक वनको काठमा विद्यालयको रजाइँ

4k Shares

सर्लाहीको लालबन्दी नगरपालिका १३ बाट सामुदायिक वनको काठ आफुखुसी विक्रि वितरण गरिएको छ । लालबन्दी नरगपालिका १३ को पञ्चकन्या सामुदायिक वन उपभोक्ता समुहको नाममा रहेको लखनदेही खोला बगरको नदी उकासमा लगाइएको बकाइनो,सिसौ र खयर कुशेश्वर निमाविका प्रधानाध्यापक र विद्यालयय व्यावस्थापन समितिका अध्यक्षले आफुखुसी कटान गरि विक्रि वितरण गरेका स्थानियले आरोप लगाएका छन् ।


लखनदेही खोला किनारको नदी उकासमा लगाइएको बकाइनो,सिसौ र खयर कुशेश्वर प्राविका प्रधानाध्यापक रामचन्द्र श्रेष्ठ र विद्यालय व्यावस्थापन समितिका अध्यक्ष उद्धय श्रेष्ठले आफुखुसी काटेर विक्रि वितरण गरेको भन्दै स्थानिय आक्रोसित भएका हुन ।  सामुदायिक वनको जग्गालाई विद्यालयले आफ्नो जग्गा भन्दै बकाइनो,सिसौ र खयर गरी ४ ट्याक्टर काठ काटेर विक्रि वितरण गरेको स्थानियको आरोप छ । बकाइनो,सिसौ र खयर गरी ४ ट्याक्टर विक्रि वितरण गरि सकेको भएपनि १ ट्याक्टर खयर भने विद्यालयका प्रधानाध्यापक श्रेष्ठ र विव्यास अध्यक्ष श्रेष्ठले लुकाएको एक स्थानियबासीले बताएका छन् ।
बकाइनो र सिसौ ३ ट्याक्टर विक्रि वितरणका लागि तयारी अवस्थामा राखिएको काठ स्थानियले आइतबार नियन्त्रणमा लिएका छन् । सामुदायिक वनको जग्गामा सामुदायिक वनलाई जानकारी नगराई आफुखुसी काटेर विक्रि वितरण गरेको उनिहरुको आरोप छ । यता डिभिजन वन कार्यालय सर्लाहीका निमित्त प्रमुख  राकेश रंजनले आफुहरुलाई जानकारी नभएको र सव डिभिजन वन कार्यालय लालबन्दीले सिसौका काठ काटेको अवस्थामा फेला पारीएको बताउनु भयो ।  उहाँका अनुसार सव डिभिजन वन कार्यालय लालबन्दीका फलेष्टर महेन्द्र यादवले उक्त काड जिम्मा लगाई आफु फर्किएको र अनुसन्धानको काम जारी रहेको छ ।  सामुदायिक वनलाई बुझाएको बताइएको भने पनि सामुदायिक वनका अध्यक्ष नेमा लामाले आफुलाई सो विषयमा  कुनै जानकारी नभएको  बताउनु भयो ।
 विद्यालयको आन्तरीक स्रोत कमजोर रहेको र कर्माचारीहरुको व्यावस्थापनका साथै विद्यालयको कम्पाउड वाल निर्माणको काम अधुरो रहेको हुँदा उक्त अधुरो काम पुरा गर्न सुकेको सडेगलेको बकाइनो र सिसौ गरी करिब रु १ लाख बराबरको काठ विक्रि वितरणको लागि सहमती भएको विव्यास अध्यक्ष श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार सामाजिक कार्यमा लगानी गर्ने र खेर जाने अवस्थामा रहेको काठ सदुपयोग गर्न सो कार्य भएको हो । 
सामुदायिक वनको काठ गाउँलेले चोरी चकारी गरिरहेको भन्दै आफैँले विद्यालयको कर्माचारी तथा भौतिक व्यावस्थापनका लागि काठ कटान गरेको विद्यालय व्यावस्थापन समितिका अध्यक्ष श्रेष्ठले स्विकार गर्नु भयो । उहाँका अनुसार ठेकेदारलाई करिब रु १ लाख मुल्य बराबरको ढलेको तथा सुकेको काठ दिने सहमती अनुसार शनिवार काठ काटिएको तर स्थानियले विरोध गरेपछि उक्त काठ ठेकेदार विजय महत्तोले नलगेका हुन । साथै केही स्थानियले रिसिभिका कारण आफुहरुलाई बदनाम गराउने गरी प्रचार बाजी गरेको विद्यालय व्यावस्थापन समितिका अध्यक्ष श्रेष्ठको आरोप छ । आफुहरुले सामुदायिक वनलाई जानकारी नगराएको भएपनि काठ काट्ने भन्ने विषयमा छलफल भएको उहाँले बताउनु भयो ।
यता सो विषयमा लालबन्दी नगरपालिका १३ का वडा अध्यक्ष शिवकृष्ण वैद्यलाई कुनै जानकारी नभएको र वडा अध्यक्षलाई फसाउने उद्धेश्यले आरोप लगाइएको भन्दै वडा नम्बर १३ का वडा अध्यक्ष बैद्यले गुनासो गर्नु  भयो । तर उक्त काठ काट्ने र विक्रि वतरण गर्ने भन्ने विषयमा सामुदायिक वन तथा सव डिभिजन वन र डिभिजन वन कार्यालर्य कुनै जानकारी नगराएको पाइएको भन्दै वडा अध्यक्ष वैद्यले सो कार्य गलत भएको बताउनु भएको छ ।

सम्बन्धित समाचार