चालु आवको बजेट समेत ल्याउन नसकेको हरिवन नगरपालिकाको विकास र समृद्धिको लागि अन्तरक्रिया कार्यक्रम

286 Shares

सर्लाहीको हरिवन नगरपालिकाको विकास र समृद्धिको लागि सर्वदलिय सर्व पक्षिय अन्तरक्रिया कार्यक्रम गरिएकोे छ । हरिवन नगरपालिकाको बृहत्तर विकासका लागि समुदाय तथा सरोकारवालाहरुका बिचमा एकता र एकरूपता कसरी ल्याउन सकिन्छ भन्ने विषयमा अन्तक्रिया कार्यक्रम गरिएको सर्वदलिय सम्यन्त्र समिति हरिवनका संयोजक इन्द्र पाठकले जानकारी दिए ।उनका अनुसार नेपालीहरुको महान चाड बढा दशैँ,शुभ दिपावली र छठ पर्वको शुभकामना सहित हरिवन नगरपालिकाको विकास र समृद्धिको लागि सर्वदलिय सर्व पक्षिय अन्तरक्रिया कार्यक्रम गरिएकोे छ ।  
कार्यक्रममा हरिवनको विकासमा प्रत्यक्ष प्रभाव पार्ने हरिवन बजार लगायतका विषयमा स्थानीय व्यापारीहरु,व्यावसायीहरु बुद्धिजीवीहरु,नागरिक समाजका अगुवाहरुले आफ्नो धारण राखेका समितिका सदस्य तथा नेपाली कांग्रेसका नेता डाकुरनाथ खतिवडाले जानकारी दिए । हरिवन नगरपालिकाका नगर प्रमुख रमशे बुढाथोकी(कमल)को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा(एमाले)का नेता डिल्ली प्रसाद उप्रेती,सिताराम पोख्रेल,नेकपा(माओवादी केन्द्र)की नेतृ जमुना पराजुली लगायतको विशेष उपस्थिति रहेको थियो ।यता,चालु आर्थिक वर्ष २०८०÷०८१ को बजेट ल्यान नसकेको हरिवन नगरपालिकाले हरिवन नगरपालिकाको विकास र समृद्धिको लागि सर्वदलिय सर्व पक्षिय अन्तरक्रिया कार्यक्रम आयोजना गर्नु आफैँमा हास्यास्पद रहेको केही स्थानीय नेताहरुले बताएका छन् ।

सम्बन्धित समाचार