सिन्धुलीका १३ वटा कार्यालयले स्वत :प्रकाशन गरेनन्,

419 Shares

संघीय,प्रादेशीक र स्थानीय तहहरु गरी ४३ वटा कार्यालयहरु रहेको सिन्धुलीका १३ वटा कार्यालयले चालु आर्थिक वर्षको पहिलो त्रैैमासिकको स्वतःप्रकाशन गरेनन्। २० वटा संघीय कार्यालयहरु मध्य सात वटाले,१४ वटा प्रादेशीक कार्यालयहरु मध्य तीन वटाले र नौ वटा स्थानीय तहहरु मध्य तीन वटाले गरी १३ वटा कार्यालयहरुले चालु आर्थिक वर्षको पहिलो त्रैैमासिकको स्वतःप्रकाशन नगरेका हुन ।
स्थानीय तह अन्र्तगत सिन्धुली कै पहिलो नगरपालिका कमलामाई नगरपालिका सहित गोलन्जोर र सुनकोसी गाउँपालिका, प्रादेशीक कार्यालयहरु अन्र्तगत बागवानी विकास केन्द्र सिन्धुली,खानेपानी तथा सरसफाई डिभिजन फिल्ड कार्यालय  सिन्धुली र यातायात व्यवस्था कार्यालय खुर्काेट सिन्धुलीले स्वतः प्रकाशन नगरेका सूचनाको हक सम्बन्धी जिल्ला अनुगमन ईकाई सिन्धुलीले जनाएको छ ।ईकाका अनुसार संघीय कार्यालयहरु अन्र्तगत जिल्ला अदालत सिन्धुली, सरकारी वकिल कार्यालय सिन्धुली,कोष तथा लेखा नियन्त्रक कार्यालय सिन्धुली,जिल्ला प्रहरी कार्यालय सिन्धुली, सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म सिन्धुली, करदाता सेवा कार्यालय सिन्धुली र नेपाली सेनाको सिन्धुली स्थित गणले गरी सात वटा कार्यालयले स्वतःप्रकाशन गरेका नगरेका हुन ।
कुन कुन कार्यालयहरुले गरे स्वतःप्रकाशन
स्थानीय तहहरुमा दुधौली नगरपालिका सहित,फिक्कल, तीनपाटन,हरिहरपुरगढी,मरिण र घ्याङ्लेख गाउँपालिका,प्रादेशीक कार्यालयहरुमा उद्योग तथा बाणिज्य कार्यालय सिन्धुली,सिन्धुली अस्पताल,जनस्वास्थ्य कार्यालय सिन्धुली,शहरी विकास तथा भवन कार्यालय सिन्धुली,पूर्वाधार विकास कार्यालय,सिन्धुली, डिभिजन वन कार्यालय,कपिलाकोट,मरिण, सिन्धुली,डिभिजन वन कार्यालय सिन्धुली माडी सिन्धुली,आयुर्वेद तथा बैकल्पिक चिकित्सालय सिन्धुली, जलश्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय सिन्धुली, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सिन्धुली र कृषि विकास कार्यालय सिन्धुली र संघीय कार्यालयहरु अन्र्तगत नापी कार्यालय सिन्धुली,मालपोत कार्यालय सिन्धुली,जिल्ला प्रशासन कार्यालय सिन्धुली,जिल्ला हुलाक कार्यालय सिन्धुली,जिल्ला समन्वय समितिको कार्यालय सिन्धुली,सडक डिभिजन कार्यालय खाल्टे, सिन्धुली, सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यालय सिन्धुली,राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाई,जिल्ला निर्वाचन कार्यालयका साथै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सिन्धुली,चुरे   उत्थानशील आयोजना सिन्धुली, कारागार कार्यालय सिन्धुली र शिक्षा विकास तथा समन्वय ईकाई सिन्धुलीले स्वतःप्रकाशन गरेका सूचनाको हक सम्बन्धी जिल्ला अनुगमन ईकाईका सदस्य सचिव एवम जिल्ला हुलाक कार्यालय सिन्धुलीका प्रमुख कुमार थापाले बताए ।
उनका अनुसार ४३ वटा कार्यालयहरु रहेको सिन्धुलीका ३० वटा कार्यालयहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक स्वतः प्रकाशन गरे भने १३ वटा कार्यालयहरुले स्वतःप्रकाशन गरेनन्।सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५(३) र सो सम्बन्धी नियमावलीको नियम ३ बमोजिम सबै सार्वजनिक निकायहरुले प्रत्येक तीन ÷तीन महिनामा अद्यावधिक गरी स्वतः प्रकाशन गर्नु पर्ने प्रावधान भएपनि सिन्धुलीका १३ वटा कार्यालयहरुले स्वतःप्रकाशन नगरेका हुन।सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५(३) र सो सम्बन्धी नियमावलीको नियम ३ अनुसार आर्थिक वर्ष सुरु भएको रहेक तीन महिनामा हरेक नागरिकलाई सूचना उपलब्ध गराउने र कार्यालयको गतिविधिहरु सार्वजनिक गर्नु पर्ने प्रावधान छ ।नेपालको संविधान तथा प्रचलित सूचनाको हक सम्बन्धी कानूनहरुमा नागरिकलाई सहज रुपमा सूचना प्रवाह गर्नु पर्ने उल्लेख भएपनि सिन्धुलीका १३ वटा कार्यालयहरु यस कार्यमा गैर जिम्मेवार बनेका हुन ।

सम्बन्धित समाचार