मरिणमा निर्माणधीन मासु प्रशोधन उद्योगलाई विवादित बनाईएको प्रति गाउँपालिका अध्यक्ष मोक्तानको गुनासो

198 Shares

सिन्धुलीको मरिण गाउँपालिका ४ साहानमा निर्माणाधीन अवस्थामा रहेको मासु प्रशोधन उद्योगलाई विवादित बनाउने काम सुरु भएको प्रति मरिण गाउँपालिकाले चिन्ताव्यक्त गरेको छ।नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता एवम सिन्धुली क्षेत्र नम्बर २ का निवर्तमान प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल(राजन)को पहलमा चिनियाँ लगानीमा मरिण गाउँपालिका ४ साहानमा निर्माणाधीन अवस्थामा रहेको मासु प्रशोधन उद्योगलाई प्रारम्भमै विवादित बनाउन सुरु गरिएको प्रति मरिण गाउँपालिकाका अध्यक्ष विमर्स मोक्तान(प्रख्यात)ले चिन्ता व्यक्त गरे ।उनका अनुसार नेकपाका नेता एवम सिन्धुली क्षेत्र नम्बर २ का निवर्तमान प्रतिनिधि सभा सदस्य राजनको पहलमा मरिण गाउँपालिका ४ मा चिनियाँ लगानीमा मासु प्रशोधन उद्योग स्थापना भएको देख्न नसक्ने वा नचाहने शक्तिले उक्त उद्योगलाई विवादित बनाउने काम सुरु गरेका हुन ।
“जग्गादाता र उद्योग विच जग्गाको किनवेचमा भएको सहमती गाउँपालिकालाई थाहा नहुने साथै गाउँपालिकाले राज्यको नीति अनुसार जग्गाको राजश्व लाग्ने साथै जग्गाको अवस्थिति अनुसार जग्गाको मुल्य घटिबढी हुन सक्ने”गाउँपालिका अध्यक्ष मोक्तानले बताए।उनले नेकपाका नेता एवम सिन्धुली क्षेत्र नम्बर २ का निवर्तमान प्रतिनिधि सभा सदस्य राजनलाई प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा पराजीत गर्न लागि परेको एउटा विकास विरोधी शक्तिको इसारामा मासु प्रशोधन उद्योगलाई विवादित बनाउने काम सुरु भएको हो ।
हिमालयन फुड इन्टरनेशनल नेपालले सञ्चालनमा ल्याउन लागेको मासु प्रशोधन उद्योगलाई निर्माणाधीन चरणमैं विवादित बनाउनु मरिण गाउँपालिकाबासीका लागि मात्र नभई सिङ्गो सिन्धुलीबासीका लागि दुर्भाग्य हुने उनले बताए।मरिण गाउँपालिका ४ सहानमा करिब ५५ बिगाह क्षेत्रफलमा उद्योग सञ्चालन गर्ने गरी स्थानीयसंग जग्गा खरिद सम्झौता गरेर टहरा निर्माण गरि रहेको उद्योगलाई आफुसंग जोडेर विवादित बनाउने र बद्नाम गराउने काम सुरु भएको प्रति गाउँपालिका अध्यक्ष मोक्तानले दुख व्यक्त गरे ।
“उद्योगले स्थानीयसंग कति मुल्यमा जग्गा खरिद गर्यो वा गर्ने सम्झौता गर्यो त्यो गाउँपालिकालाई थाहा हुन्न र आवश्यक पनि छैन तर राज्यको नीति,नियम अनुसार जग्गाको मुल्य निर्धारण हुने गरेको र सोको राजश्वको सवालमा गाउँपालिकाले कन्जुस्याँई गर्दैन्।” गाउँपालिका अध्यक्ष मोक्तानले बताए ।मरिण गाउँपालिकाले भूमि समस्या समाधान आयोगको सहकार्यमा मिलेर पालिका भित्रका भूमिहीन,दलित,सुकुम्वासी र अव्यवस्थित बसोवासीहरुको लागत संकलन गरेको थियो।तत्कालीन भूमि समस्या समाधान आयोगका अध्यक्ष ज्ञान बहादुर राईको कार्यकालमा काम रोकियो।हाल उत्तः कार्य अलपत्र छ ।
मरिण गाउँपालिका ठूलो संख्यामा भूमिहीन,दलित,सुकुम्वासी र अव्यवस्थित बसोवासी रहेका भएपनि आयोगका अध्यक्ष राईले आग्रह पुर्वाग्रह राखेका कारण मरिण गाउँपालिका क्षेत्रका भूमिहीन, दलित,सुकुम्वासी र अव्यवस्थित बसोवासीहरुलाई जग्गाधनी पुर्जा(लालपुर्जा) वितरणको काम रोकेका थिए।वडा कार्यालयदेखि गाउँपालिका कार्यालय सम्मबाट आयोगको समन्वयमा तयार भएको तथ्यांक अनुसार काम नभएपछि स्थानीय भूमिहीन,दलित,सुकुम्वासी र अव्यवस्थित बसोवासी हरु थप पीडित बनेका मरिण गाउँपालिकाका अध्यक्ष मोक्तानले बताए।
यता,चिनियाँ लगानीमा नेपाली साझेदारहरु मार्फत निर्माणाधीन मासु प्रशोधन उद्योगले आफ्नो भौतिक संरचना निर्माण गरी रहेको र मरिण नदीको किनारमा स्थानीयले भोगचलन गरी रहेको ऐलानी जमिनलाई केही समयका लागि अस्थायी संरचना बनाएर उद्योगको काम गर्ने योजना बनाएर अनुसार त्यहाँ स्थानीयले अन्नवाली लगाएका भए सोको चलनचल्तीको क्षेतीपूर्ति दिने साथै आफ्नो संरचना तयार भएपछि स्थानीयलाई नै उत्त जमिन फिर्ता गर्ने सवालमा आफुले भुमीका खेलेको गाउँपालिका अध्यक्ष मोक्तानले बताए ।
तर उद्योग व्यवस्थापनले सर्वसाधारणबाट किनेको जग्गाको सरकारी मूल्यांकन कम रहेपनि जति मूल्यमा किनबेच भएको हो सोही मूल्यको थैली राखेर पास गर्नु पर्नेमा त्यसो नगरी नेपाल सरकारलाई दिनुपर्ने राजस्व छलि गरेको स्थानीयको आरोप छ।उद्योगले सर्वसाधारणसँग किनेको भनिएको जग्गाको फरक फरक मूल्य तिरेको फेला परेको छ।
 एकै प्रकृतिको जग्गा अधिग्रहणमा फरक फरक मूल्य तिरेको तथ्य सार्वजनिक हुन थालेपछि उद्योग विवादित हुन थालेको हो।एउटै प्रकृतिको जग्गाको फरक फरक मुआब्जा वितरण गरिएको पाइएपछि बाबु आमाको नाममा रहेको जग्गालाई छोराछोरीले मुद्धा दर्ता गरेर अल्झाउने वा झमेला दिन थालेका स्रोतले जनाएको छ । 
त्यस्तै,समान जग्गाको किन फरक फरक मूल्य तिर्नुभयो ?भन्ने जिज्ञासामा व्यवस्थापन पक्ष हेरिरहेका गंगाप्रसाद गौतमले सो सम्बन्धमा आफूलाई केही कुरा थाहा नभएको बताए ।उद्योगलाई जग्गा दिलाउन सहयोगी भूमिका निर्वाह गरेका मरिणका केही स्थानीयले भने अहिले गौतमले सस्तो जग्गालाई महंगो मूल्यमा किनेको देखाएर करोडौं रकम हात पार्न श्याम खतिवडा सहित केही मानिसहरु लागि परेका स्थानीयको आरोप छ।उद्योगका निम्ती स्थानीय समुदायसँग जग्गा किनबेचका लागि रकम बैना गरेर कागज गरेका व्यक्तिहरुलाई समेत थाहै नदिई उद्योगकै कर्मचारीले सो जग्गा धमाधम आफ्नो नाममा पास गराउन थालेपछि अहिले उद्योगका कर्मचारीले नैं बिचौलियाको काम गर्न थालेको चर्चा सुरु भएको छ ।

सम्बन्धित समाचार