कोरोना संक्रमितको विवरणका बारेमा प्रजिअ नै अन्यौलमा

4.2k Shares

जिल्लामा मंगलबार ४२ जना नयाँ कोरोना संक्रमित थपिएका छन । ‘थपिएका कोरोना संक्रमित कुन स्थानिय निकायका हुन् भन्ने तथ्यांक जुटाउन आफहरु लगि परेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताउनु भयो ।
राती अबेर जानकारी पाएका कारण उनिहरुको पहिचान खुलाउने काम भई रहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनु भयो । साँझ सम्म आफुलाई कुनै जानकार िनआएका कारण आफुले मिडियाहरुलाई सोही अनुसार बताएको तर पछि जानकारी आएपछि पहिचानको काम सुरु गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनु भयो ।
मंगलबार ४२ जनामा कोरोना भाईरस पोजेटिभ देखिएको आधिकारिक जानकारी पाएको भएपनि स्थानिय निकाय खुल्न नसकेका कारण समस्या भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनु भयो ।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित गर्ने मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा सर्लाहीका ३४ जना र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा २ जनाको स्वाब टेष्ट पोजिटिभ रिपोर्ट आएको उल्लेख गरेका गर्नु भएको थियो ।

मन्त्रालयका प्रवक्ता डा.गौतमको मिडिया ब्रिफिङ सकिए लगतै फोन सम्पर्क गर्दा प्रमुख जिल्ला अधिकारी पौडेल सहित जिल्ला प्रशासन कार्यालय मलंगवामा कोरोना सम्वन्धी जानकारीहरु स्वास्थ्य मन्त्रालयबाट आएको नियमित हेर्ने र गृह मन्त्रालयमा यहाँको विवरण पठाउने प्रशासकीय अधिकृत रामप्रमोद यादवले पनि यस विषयमा कुनै जानकारी नआएको बताउनु भएको थियो ।
अब जिल्लामा कोरोना संक्रमितको कुल संख्या ८ सय ६८ पुगेको छ । तीमध्ये ७ सय १७ जना उपचार पछि निको भएर घर फर्कीसकेको र एक सय जना संक्रमित जिल्लाकै विभिन्न आईसोलेसनमा उपचाररत अवस्थामा रहेका जिल्ला जनस्वास्थ्य कार्यालयल सर्लाहीले जनाएको छ । भने ८ जना काठमाडौं, वीरगंज, जनकपुर लगायत विभिन्न स्थानमा आईसोलेसनमै बसेको छन । एकजना कोरोना संक्रमित वृद्धाको भने मृत्यु भईसकेको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।

सम्बन्धित समाचार