जिल्ला हुलाक सिन्धुलीद्धारा करिब १३ लाख राजश्व संकलन

255 Shares

जिल्ला हुलाक कार्र्यालय सिन्धुलीले आर्थिक वर्ष २०८२/०८३ मा करिब १३ लाख राजश्व संकलन गरेको छ।२०८२ साउन १ गतेदेखि २०८३ असार मसान्त सम्मको एक वर्षको अवधिमा रु १२ लाख ९२ हजार सात सय ६० राजश्व संकलन भएको जिल्ला हुलाक कार्यालय सिन्धुलीका हुलाक अधिकृत एवम प्रमुख कुमार थापाले जानकारी दिए ।
उनका अनुसार हुलाक टिकट बिक्रीबाट रु आठ लाख ७१ हजार सात सय ४५ र पिट्स दर्ता वापत रु चार लाख २१ हजार १५ गरी कुल रु १२ लाख ९२ हजार सात सय ६० राजश्व संकलन भएको हो।लोक कल्याणकारी विज्ञापन  प्रकाशन गर्ने सञ्चार माध्यमहरुलाई ३६ लाख ४४ हजार एक सय ७९ रुपैँया ७० पैसा भुक्तानी गरेको कार्यालयले पाँच हजार नौै सय ९२ थान चिठ्ठी पत्र दर्ता गर्दा पाँच हजार सात सय ३१ वटा चिठ्ठी पत्र वितरण गरेको कार्यालयका सूचना अधिकारी दुर्गा प्रसाद पहाडीले जानकारी दिए ।
उनका अनुसार अन्य हुलाक कार्यालयहरुबाट ११ हजार पाँच सय २५ थान चिठ्ठी पत्र आयात हुँदा ११ हजार सात सय ४६ थान रजिष्ट्री पत्र चलान गरेको छ । राष्ट्रिय परिचय पत्रको अनलाई फारम निःशुल्क भर्ने तथा राहादानी घर घरमै पुर्याउने काम समेत सुरु गरेको जिल्ला हुलाक कार्यालय सिन्धुलीले एक सय ८४ वटा राहादानी वितरण गरेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार इएमएस आयात तथा वितरण,साधारण चिठ्ठी पत्र आयात/निर्यात, साधारण पत्रपत्रिका आयात/निर्यातका साथै बुकपोष्ट गरी एक वर्षमा आठ हजार तीन सय ९३ थान वितरण गरेको छ ।
देशभरका जिल्ला हुलाक कार्यालयहरु मध्ये डिजिटल प्रविधिलाई आत्मसात गर्दै पिट्स सेवा,डिजिटल हाजिरी सेवाका साथै विभागको निर्देशनलाई पालना गर्ने कार्यमा अगाडि रहेको जिल्ला हुलाक कार्यालय सिन्धुलीले जिल्लाका अधिकांश पालिका हुलाक कार्यालयहरुमा पिट्स सेवा सञ्चालनमा ल्याई सकेको छ ।कार्यालयले २०८२/२०८३ काे एक वर्षकाे अवधिमा आठ हजार एक सय ६२ जनालाई राष्ट्रिय परिचय पत्र सम्बन्धी अनलाइन दर्ता सेवा प्रदान गरेको जनाएको छ ।

सम्बन्धित समाचार