सर्लाही लालबन्दी नगरपालिका १ स्थित नवलपुर चोकमा फेला परेकी बालिकालाई उद्धार गरी आफन्तको जिम्मा लगाईएको छ।लालबन्दी नगरपालिका १ स्थित नवलपुर चोकमा एक्लै रोई कराई रहेको अवस्थामा फेला परेकी बालिकालाई उद्धार गरी आफन्तको पहिचान गरी जिम्मा लगाइएको ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख एवम प्रहरी निरिक्षक सुजन पाठकले जानकारी दिए ।उनका अनुसार एक्लै रोही कराई रहेको अवस्थामा फेला परेकी अन्दाजी वर्ष छ की नन्दनी दासले बुबाको नाम छोटेलाल दास र आमाको नाम पुनम देवी घर हनुमान चोक बताएपछि उनलाई उद्धार गरी आफन्तको पहिचान गरी जिम्मा लगाईएको हो ।
नन्दनीको घर भारतको बिहार राज्य सितामढि जिल्ला पटना थाना स्थायी ठेगाना भई सार्लहीको हरिपुर नगरपालिका ६ लक्ष्मीपुर बस्ने छोटे लाल दासकी श्रीमती अन्दाजी वर्ष २५ की पुनम देबीले आफ्नी छोरी रहेकी प्रमाण पेश गरेपछि उनलाई छोरी जिम्मा लगाईएको प्रहरीले जनाएको छ ।