Close This

थुतुनो सम्हालेर बोल्न युवा संघलाई वाईसीइल मरिणको चेतावनी

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-७-१ गते   ३०३९ पटक हेरिएको

नेकपा(माओवादी केन्द्र) निकट योङ्ग कम्युनिष्ट लिग नेपाल(वाईसील¬¬¬) नेपाल मरिण गाउँ कमिटिले नेकपा(एमाले)निकट युवा संघ नेपालका उपा अध्यक्ष पुष्पराज श्रेष्ठको प्रस्तुतीले आफुहरुको गंभिर ध्यानाकर्षण भएको बताएको छ ।
गुण्डागर्दीको पृष्ठभूमिबाट राजनीतिमा आएका श्रेष्ठले आफ्ना नेता तथा प्रदेश सभा सदस्य राजन दाहाल(लेखनाथ)माथी अपाच्य शैलीमा प्रस्तुती दिएको भन्दै योङ्ग कम्युनिष्ट लिग नेपाल(वाईसील) नेपाल मरिण गाउँ कमिटिले देशभरका युवा संघ नेपालका भस्मासुरहरु लडन आए आफुहरु लड्न तयार रहेको बताएको छ ।
गुण्डागर्दीको पृष्ठभूमिबाट राजनीतिमा आएका श्रेष्ठले पछिल्लो समय निकै अराजक शैलीमा प्रस्तुत भएका भन्दै वाईसीएल नेपाल मरिण गाउँ कमिटिका संयोजक सोम बहादुर बम्जनले आफ्नो फेसबुकवालमा फिस्टो पुष्पराज मात्र नभई सिंगै युवा संघसंग आफु एक्लै लड्न तयार रहेको बताउनु भएको छ । 
केही दिन पहिला आफ्नो फेसबुकवालामा एक सन्देश जारी गर्दै पुष्पराजले आफ्ना नेता विरुद्ध दिएको अभिव्यक्ति कायर,भस्मासुर भएको बताउँदै फिष्टो पुष्पराजसंग नभई देशभरका युवा संघका नेता तथा कार्यकर्ताहरुसंग लड्न आफु एक्लै काफी भएको  बम्जनले बताउनु भयो ।
बम्जनले आफ्नो फेसबुकवालामा पुष्पराज जस्ता गुण्डागर्दीको पृष्ठभूमिबाट राजनीतिमा आएका केही केपी ओलीका भरैटेर फिस्टेहरु,अवसरवादीहरुले आफ्ना नेताको विरुद्ध बोलेको आफुुहरुलाई सह्य नहुने बताउँदै मुख सम्हालेर बोल्न चेतावनी दिएका छन् । संयोजक बम्जनले पुष्पराजलाई फिल्डमा आएर आफुहरुसंग लड्न चुनौती दिएका छन् । साथै उनले आफ्नो थुतुनो सम्हालेर बोल्न आग्रह गरेका छन् । पुष्पराजले नेकपा(माओवादी केन्द्र) सिन्धुलीका इन्चार्ज तथा प्रदेश सभा सदस्य दाहालको सिन्धुली विर्ता तथा साम्राज्य नरहेको भन्दै उहाँका विरुद्ध लड्न युवाहरुलाई आग्रह गरेका थिए । पुष्पराज पहिला नेकपा(माओवादी केन्द्र) निकट वाईसीइल नेपाल मै रहेका थिए । पछि नेकपा(एमाले)मा गएका हुन । उनी पहिला समाजमा त्रास फैलाउने अराजनैतिक रुपमा गुण्डागर्दी गर्दै आएका थिए । उनलाई माओवादी केन्द्र सिन्धुलीका इन्चार्ज दाहालले सव्य नागरिक बनाउन भन्दै माओवादी केन्द्रमा ल्याएका थिए । तर उनि अहिले जसले राजनैतिक दलमा सफल अवतरण गरायो उसैका विरुद्ध अराजनैतिक रुपमा प्रस्तुत हुन थालेका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech