पूर्व–पश्चिम लोकमार्ग मर्मत सम्भार शुरु

3.7k Shares

स्थानीय वासिन्दाको चर्काे विरोध पछि सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले भत्कीएको सडकको मर्मत शुरु गरेको छ । जिल्लाको बाँकैदेखि बागमती सम्मको भत्कएिको सडकको मर्मत सम्भार शुरु भएको हो ।
पूर्व–पश्चिम लोकमार्ग मर्मत सम्भार नहुँदा धुलो उड्ने पैदलयात्रा तथा सवारी साधनहरु सञ्चालनमा समस्या भएको भन्दै स्थानियले केही दिन पहिला सडक जाम गरेका थिए । त्यसपछि सडक डिभिजनको ध्यान पुगेको हो । लामो समयदेखि सडक जिर्ण भएकाले धूलो उडेर बस्नै नसक्ने अवस्था भएको भन्दै स्थानीय वासिन्दाले बिहिवार केहसमय पूर्व–पश्चिम लोकमार्ग अवरुद्ध पारेका थिए ।
त्यसपछि सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख नरेश प्रसाद केशरीले तत्काल मर्मतको काम अघि बढाउने प्रतिवद्धता जनाउनु भएको थियो । उहाँकाअनुसार कालोपत्रे भत्किएको ठाउँमा मर्मत गर्न सुरु भएको छ ।  सर्लाहीमा अहिले पूर्व–पश्चिम लोकमार्गको कालोपत्रे उप्किएर दर्जनौँ स्थानमा ठूल्ठूला खाल्डाखुल्डी परेका छन् । भने मुख्य सडक मार्गका पुलहरु जिर्ण भएका छन् ।  

सम्बन्धित समाचार