गोलन्जोर ७ मा रिफ्रेस सेन्टर पुनःसञ्चालनमा

244 Shares

सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ खुर्काेटको तल्लो बजारको रिफ्रेस सेन्टर एक वर्षपछि पुनःसञ्चालनमा आएको छ।२०८१ असोज ११ गते आएको बाढी र पहिरोका कारण क्षति भई बन्द भएको रिफ्रेस सेन्टर बुधवारबाट पुनः सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
कार्यालयका अनुसार प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालको प्रमुख अतिथ्यता तथा गोलन्जोर गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने(पुकार)को विशेष उपस्थितिमा रिफ्रेस सेन्टर पुनःउद्धघाटन गरिएको हो ।कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक लालध्वज सुवेदी,राष्ट्रिय अनुसन्धान विभागका जिल्ला प्रमुख सुदीप अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
रिफ्रेस सेन्टर सञ्चालनमा आउनुले विपद् प्रभावित क्षेत्रमा सामाजिक पुनःस्थापना र सामुदायिक एकताको सन्देश दिएको प्रमुख जिल्ला अधिकारी भुषालले बताए।उनले यस रिफ्रेस सेन्टरलाई अझ व्यवस्थित र सुरक्षित बनाउन स्थानीय तह र प्रशासन निरन्तर सहयोग गर्ने आश्वासन दिए ।उत्तःरिफ्रेस सेन्टरमा लामो दुरीयाका यात्रुबाहक सवारी साधनहरुले केही समय रोकी यात्रु तथा चालकले केही समय प्रतिक्षा गर्ने र आफ्नो गन्तव्य तताउने गर्छन् ।

सम्बन्धित समाचार