सर्लाहीमा ३८ हजार हेक्टरमा ६२ हजार विरुवा रोपियो

एसपि गौरव    प्रकाशित: २०८०-५-२८ गते   ४५१ पटक हेरिएको

डिभिजन वन कार्यालय सर्लाहीले ३८ हेक्टर जमिनमा वृक्षारोपण गरेको छ ।जिल्लाका सामुदायिक वन क्षेत्रका खाली रहेका जमिनहरुका साथै सडक किनारमा गरी ३८ हजार हेक्टरमा करिब ६२ हजार विरुवा रोपिएको डिभिजन वन कार्यालय सर्लाहीका कार्यालय प्रमुख एवम डिभिजन वन अधिकृत मन्जुर अहमद्ले जानकारी दिए ।


उनका अनुसार बागमती,हरिवन,बरहथवा,लालबन्दी र इश्वरपुरका विभिन्न सामुदायिक वनहरुको खाली रहेको जमिनका साथै सडक किनारमा सुपारी,अशोक,रुद्राक्ष,गुल्मर,कल्की र धुपि लगायत जातका करिब ६२ हजार विरुवा रोपिएको हो । पछिल्लो समय दिन प्रतिदिन वन विनाश हुँदै गरेको अवस्थामा वन जङ्गलको संरक्षण गर्दै हरियाली बनाउन ३८ हेक्टर क्षेत्रफलमा करिब ६२ हजार विरुवाहरु रोपिएको डिभिजन वन कार्यालय सर्लाहीका सुचना अधिकारी राकेश रन्जन दासले जानकारी दिए ।

उनका अनुसार डिभिजन वन कार्यालय तथा सव डिभिजन वन कार्यालयहरुको नर्सरीमा उत्पादन गरिएका सुपारी,अशोक,रुद्राक्ष,गुल्मर,कल्की र धुपि लगायत जातका विरुवाहरु रोपिएको हो । बागमती,हरिवन र लालबन्दीको क्षेत्रका सामुदायिक वनको खाली रहेको जमिन र बरहथवा र इश्वरपुर क्षेत्रमा उत्तर दक्षिण हुलाकी सडकको दुवै किनारमा विरुवाहरु रोपिएको छ । सडक किनारमा रोपिएका विरुवाहरुको स्थानीय तहहरुले गोलमेल र संरक्षण गर्ने सहमती गरेपछि विरुवा रोपिएको डिभिजन वन कार्यालय सर्लाहीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech