अन्तरजातीय प्रेम विवाह तोड्न प्रहरी परिचालन, अदालत मै विवाह अदालत मै बाल विवाहको मुद्दा

394 Shares

सर्लाहीको बरहथवामा भएको एक अन्तरजातिय विवाहमा राज्य शक्ति लागेको पाइएको छ।बरहथवा नगरपालिका ४ का सत्येन्द्र कुमार राम (चमार) र बरहथवा नगरपालिका ५ की नेहा रौनियारले विवाह गरी विवाह दर्ता समेत गरि सकेका भएपनि उनीहरुले अन्तरजातिय विवाह गरेकै कारण उनीहरुको सम्बन्ध तोड्न राज्य शक्ति नै हाबी भएको पाइएको हो ।प्रेम सम्बन्धमा परी अन्तरजातीय प्रेम विवाह गरेकै कारण उनीहरु माथि गृहमन्त्री र उच्च प्रहरी अधिकारीले ज्यादती गरेर विवाह दर्तासमेत गरिसकेका उनीहरूको सम्बन्ध तोड्न राज्य शक्तिनै लागेको पाएको हो ।
विवह गरी मुम्बई घुम्न गएका उनीहरूलाई नेपाल प्रहरीको टोली नै भारत पुगेर पक्राउ गरेर राज्य शक्तिको दुरुपयोग गरी सत्येन्द्र विरुद्ध बाल विवाहको मुद्दा दायर गरिएको पाइएको हो।यति मात्रै नभएर लागु औषधदेखि मानव बेचबिखन सम्मको मुद्दामा फसाउने भन्दै धम्क्याएपछि राष्ट्रिय मानव अधिकार आयोगमा सत्येन्द्रले उजुरी दिएपछि सो रहस्य बाहिरिएको हो ।सत्येन्द्रले सर्वाेच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट समेत दायर गरेपछि सर्वाेच्चले गत आइतबार रिट जारी गरी नेहालाई सत्येन्द्र कै जिम्मा लगाइ दिएको समेत पाईएको छ।मानव अधिकार आयोगले सो सम्बन्धमा अनुसन्धान जारी रहेको जनाएको छ।सत्येन्द्रसँग विवाह गरेकी नेहाका बुबा सुरेन्द्र साह रौनियारको नेपाली कांग्रेसका प्रभावशाली नेता एवम  गृहमन्त्री रमेश लेखकसंग राम्रो सम्बन्ध समेत रहेको पाइएको छ।सोही आधारमा गृहमन्त्री लेखक मार्फत प्रहरी परिचालन गरी सुरेन्द्रले सत्येन्द्रलाई नियन्त्रणमा लिएर थुनाएर छोरीसँगको सम्बन्ध तोड्न खोजेका सत्येन्द्र परिवारको आरोप छ।छुवाछुत घटनामा अनुसन्धान र कारबाही गर्ने प्रहरी आफैँ यस्तो घटनामा संलग्न हुंँनु प्रहरी राज्यको कानून भन्दा माथि हो।पीडित परिवारले भने,
गृहमन्त्री लेखककै निर्देशनमा प्रहरी शक्तिको चरम दुरुपयोग भएको राष्ट्रिय मानव अधिकार आयोगको प्रारम्भिक छानविनको निष्कर्ष छ।“दलित समुदायका पीडित युवकको आर्थिक अवस्था पनि सामान्य भएकाले उनलाई नेहासँग छुटाउने प्रयास भएको बुझिन आएको छ।एउटै विद्यालय पढेका सत्येन्द्र र नेहा सात कक्षादेखि नै प्रेम सम्बन्धमा थिए।आठ कक्षापछि उनीहरूको विद्यालय फेरियो।स्कुल तह सकिएपछि उनीहरू फेरि प्रेम सम्बन्धमा जोडिए।युवक पढ्नलाई काठमाडौं गए।किशोरी पनि भागेर काठमाण्डौँ नै गएरसँगै बसिन्।सो समयमा पनि दुवैलाई प्रहरी नै लगाएर पक्राउ गरेर छुटाइयो। ”स्थानीयले बताए।
सर्लाहीमा मात्र नभई काठमाडौंमा समेत बस्न नसक्ने भएपछि दुवै भागेर कपिलवस्तु गएरु।त्यहाँबाट दुवैजना गत मंसिर २१ गते मुम्बई घुम्न पुगे।किशोरीको परिवारले थाहा पाएपछि गृहमन्त्री लेखकलाई भनेर मुम्बईमा विशेष प्रहरी टोली पठाए।गत मंसिर २५ गते काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका तत्कालिन प्रहरी नायव उपरिक्षक एवम हाल प्रहरी उपरिक्षक रुगम कुँवर  र  सहायक हवल्दार इन्द्र पोखरेल युवतीका बुबा सुरेन्द्रसँगै मुम्बई पुगे।स्रोतका अनुसार उनीहरूको खर्च सुरेन्द्रले नै व्यहोरेका थिएरु। स्रोतका अनुसार“त्यहाँको प्रहरीसँग समन्वय गरी किशोर(किशोरीलाई पक्राउ गरी प्लेन मार्फत नै दिल्ली ल्याइयो। दिल्लीबाट सोही दिन प्लेनमै काठमाडौं ल्याउने योजना थियो। तर,टिकट काट्ने क्रममा नेहाको नामको टिकटमा पनि बुबा सुरेन्द्रकै नाम परेपछि दिल्ली विमानस्थलमा समस्या भयो।त्यसपछि सत्येन्द्र र नेहा दुवैले आफूहरू विवाह गरेर आएको,आफूहरूलाई छुटाउनकै लागि गैर कानुनी रूपमा पक्राउ गरिएको त्यहाँका सुरक्षाकर्मीसँग बताए।त्यसपछि विमानस्थलमै हंगामा भयो। पक्राउ गर्न गएको प्रहरी टोली आफूहरू नै समस्यामा पर्न सक्ने डरले उनीहरूलाई छाडेर नेपाल फर्कियो ।”
स्थानीय जानकारका अनुसार “सत्येन्द्र र नेहा सडकबाटो हुँदै कपिलवस्तु पुगे।त्यतिवेलासम्म उनीहरूको विवाहका लागि न्यूनतम २० वर्ष उमेर पनि पुगिसकेको थियो।कपिलवस्तु जिल्ला अदालतमा पुस ३ मा“कोर्ट म्यारिज”गरे।विवाहपछि दुवैजना ललितपुरको टीकाथलीमा बस्दै आएका थिए।किशोरीका बुबाले फेरि प्रहरी लगाएर युवकलाई थुनाउने योजना बनाए।यसका लागि जिल्ला प्रहरी कार्यालय,मलंगवा सर्लाहीमा बालविवाहको जाहेरी दर्ता गराए।त्यसपछि पक्राउका लागि प्रहरी टोली खटाइयो।गत पुस १६ गते काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दुवैजनालाई टीकाथलीमै पक्राउ ग¥यो।युवकलाई बालविवाह मुद्दामा सर्लाही जिल्ला अदालतमा पेस गरियो।युवतीलाई माइती पक्षको जिम्मा लगाइयो।जबकि त्यसवेला सम्म उमेर पुगेरै उनीहरूले विवाह दर्तासमेत गरिसकेका थिए।”
प्रहरी स्रोतका अनुसार गृहमन्त्री लेखकले प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर र अपराध अनुसन्धान कार्यालयका तत्कालीन प्रमुख एसएसपी सानुराम भट्टराईलाई भनेर उनीहरूलाई पक्राउ गरेर ल्याउन टोली भारत पठाएका हुन्। गम्भीर किसिमका मुद्दाका फरार अभियुक्तहरू पक्राउ गर्न मात्र यसरी विशेष टोली विदेश जाने गरेको छ।“अन्तरजातीय विवाह गर्ने टोलीलाई पक्राउ गर्न नेपाल प्रहरीको टोली यसरी विदेशमा खटिएको सायद यो पहिलो घटना होला,बर्दीमै दाग लाग्ने काम भयो।”अपराध अनुसन्धान कार्यालय कै एक प्रहरी कर्मचारीले बताए ।
अपराध अनुसन्धान कार्यालयका तत्कालीन प्रमुख एसएसपी भट्टराईले सर्लाही जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएकाले सत्येन्द्रलाई पक्राउ गरेर सर्लाही पठाइएको,तर सोही मुद्धामा आफ्नो टोली भारत गएको विषय भने याद नभएको गैर जिम्मेवार जवाफ दिए।“विभिन्न मुद्धामा टोलीहरू भारत गइरहेका हुन्छन्,तर,यो मुद्धामा भने ठ्याक्कै याद भएन।”उनले विषयलाई टोल्न खोजे ।
सत्येन्द्र र नेहालाई पक्राउ गर्न प्रहरी नायव उपरिक्षकको नेतृत्वमा भारत गएका सहायक हवल्दार पोखरेलसँग राष्ट्रिय मानव अधिकार आयोगले समेत बयान लिइसकेको छ।आफू एसएसपीको आदेशमा गएको उनले बताएका राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ।सहायक हवल्दार पोखरेलले सत्येन्द्रलाई पक्राउ गरेपछि कुटपिटसमेत गरेको उजुरीमा उल्लेख छ।घटनामा संलग्न अन्य प्रहरीमाथि समेत आयोगले छानबिन अघिबढाएको जनाएको छ ।
अनुसन्धानमा आबद्ध आयोगका एक अधिकारीका अनुसार“यो घटनामा प्रहरीले शक्तिको चरम दुरुपयोग गरेको देखिन्छ।हामीले गम्भीर रूपमा छानबिन गरिरहेका छौँ।”आयोगका सचिव मुरारी खरेलले सो घटनामा उजुरी आएको पुष्टि गर्दै छानबिन सकिएपछि मात्र विस्तृत बताउन मिल्ने बताए। 
सर्वोच्चले नेहालाई सत्येन्द्रकै जिम्मा लगायो 
सत्येन्द्रले पुस २२ गते सत्येन्द्रले नेहाको तर्फबाट सर्वाेच्च अदालतमा बन्दीप्रत्यक्षीकरण सम्बन्धी दायर गरेको  रिट उपर सर्वाेच्चका न्यायाधीश द्वय हरिप्रसाद फुयाँल र बालकृष्ण ढकालको इजलासको आइतबार रिट जारी गरी नेहालाई सत्येन्द्रकै जिम्मा लगाएको छ।जन्मदर्ताका आधारमा दुवैको विवाह गर्ने उमेर पुगेको अवस्थामा परिवारबाट छुटाउने प्रयास गलत भएको र माइती पक्षले सत्येन्द्र विरुद्ध सर्लाहीमा बाल विवाह मुद्दा दर्ता गरेपछि नेहालाई बन्धक बनाएर राखेको भन्ने विषयमा सत्यता नभएको भन्दै नेहालाई सर्वाेच्चले सत्येन्द्र कै जिम्मा लगाएको थियो ।
सर्वाेच्चको आदेशमा“यी रिट निवेदक नेहालाई समेत यिनका बाबु सुरेन्द्रले सत्येन्द्रसँग गरिएको विवाहबाट छुटाउने उद्देश्यले निजलाई घरमा नै राखी निजको श्रीमान्सँग भेटघाट गर्न तथा पारिवारिक जीवन व्यतीत गर्न समेत बाधा अवरोध पु¥याउने उद्देश्यले बन्धक बनाई निजको संवैधानिक र कानुनी हक समेतमा बाधा पारेको देखियो।इजलाससमक्ष उपस्थित गराइएकोमा निजको विवाहको सम्बन्धमा निजको इच्छा मञ्जुरी सम्बन्धमा सोधनी गर्दा निज आफ्नो विवाहमा दृढ रहेको र निजले आफ्नो श्रीमान्सँग सँगै जाने इच्छा व्यक्त गरेकाले निजको बुबा सुरेन्द्र,निजकी आमा र निजको पति सत्येन्द्रसमेतको कुरा सुनी निज नेहालाई निजको बुबा(आमाको साथबाट निजको श्रीमान् सत्येन्द्रको साथमा सँगै जान पाउने देखिन आयो।”भनिएको छ ।अदालतको बन्द इजलासमा न्यायाधीशसँग नेहाले श्रीमान्सँगै बस्ने इच्छा व्यक्त गरेकी थिइन्। 
इजलासको आदेश अनुसार सर्वाेच्चको मुद्दा महाशाखाको प्रमुखको रोहवरमा नेहालाई सत्येन्द्रको जिम्मा लगाइएको भएपनि उनले अझै पनि आफूमाथि प्रहरी दमन हुन सक्ने चिन्ता व्यत्त गरेका छन्।केटा दलित भएकै आधारमा यसरी प्रहरी शक्ति दुरुपयोग गरेर छुटाउने प्रयास गरिएको सत्येन्द्रको पक्षमा सर्वाेच्चमा बहस गरेकी राष्टिूय मानव अधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारीले बताईन् ।उनले“दलित भएकै आधारमा यसरी प्रहरी र परिवारले उनीहरूलाई यातना दिएको देखिन्छ,राज्यले नै यसरी दमन गर्न थालेपछि मानव अधिकारको संरक्षण कसले गर्ने ?बताईन् ।
नेहामाथि माइतीबाट चरम यातनासमेत भएको छ।मानसिक यातनासँगै शरीरमा आइरन लगाउने काम समेत भएको छ। तर,त्यस विषयमा प्रहरीले सुन्दै नसुनी गृहमन्त्री लेखकको दबाबका कारण छुटाउन मात्र प्रयास गरेको छ।स्रोतका अनुसार पीडित युवकका बुबासमेत प्रहरीमै कार्यरत छन्। तर,उनी तल्लो तहमा कार्यरत रहेकाले छोरामाथि अन्याय हुँदा पनि उनको कुरा सुनुवाइ हुन नसकेको बुझिएको छ ।
अदालत मै विवाह अदालत मै बालविवाहको मुद्दा
सत्येन्द्र र नेहाको विषयमा प्रहरीको मात्रै नभई अदालतको समेत लापरबाही भएको जानकारहरु बताउँछन्।“अदालतमै विवाह दर्ता भइसकेको अवस्थामा प्रहरीमा बालविवाहको जाहेरी दर्ता गरेर अदालतमा समेत मुद्दा दायर भएको छ।अदालतले विवाह दर्ता भएको विवरण नै नहेरी किशोरसँग धरौटी समेत माग गरेको छ।”उनीहरुले बताए ।गत  पुस ३ गते जिल्ला अदालत, कपिलवस्तुमा सत्येन्द्र र नेहाबिच विवाह दर्ता भएको थियो।त्यसको छ दिनपछि अर्थात् पुस ९  गते जिल्ला अदालत सर्लाहीमा बालविवाहको मुद्दा दर्ता भएको थियो।
कतिसम्म भने विवाह दर्ता गरिसकेपछि सुरक्षाका लागि जिल्ला प्रशासन कार्यालय,सर्लाहीमा समेत युवकले उजुरी दिएका थिए।यस्तो उजुरी प्रशासन कार्यालय सर्लाहीले प्रहरीमा पठाउनुपर्ने हुन्छ।तर,प्रहरीले उल्टो बालविवाहको मुद्दा दायर गरेको देखिन्छ।
उक्त मुद्दामा पुस १६  गते सत्येन्द्रलाई पक्राउ गरी पुस १८ मा अदालतमा पेस गरिएकोमा रु ३० हजार धरौटी माग गरिएको छ।जिल्ला अदालत सर्लाहीले समेत अर्काे अदालतमा भएको विवाह दर्ताको विवरण झिकाउन नसक्नु उदेकलाग्दो रहेको राष्ट्रिय मानव अधिकार आयोगकी पूर्वसदस्यसमेत रहेकी अधिवक्ता अन्सारी बताउँछिन्।“उमेर पुगेर विवाह दर्ता भइसकेको अवस्थामा बालविवाह मुद्दा दर्ता हुनु नै गलत छ।अर्काेतर्फ एउटा अदालतले गरेको विवाह दर्ता अर्काे अदालतले झिकाउन नसक्नु पनि उदेकलाग्दो छ।”अधिवक्ता अन्सारीले बताईन् ।
शक्तिको दुरुपयोग गर्दै श्रीमान् श्रीमती पक्राउ गर्न भारत नेपाल प्रहरी
नेहाका बुबा सुरेन्द्र नेपाली कांग्रेसका स्थानीय नेता र कांग्रेसका प्रभावशाली नेता एवम गृहमन्त्री लेखकसंग राम्रो सम्बन्ध भए कै कारण उनकै चाहनामा गृहमन्त्री लेखकले सत्येन्द्र र नेहाको अन्तर जातीय विवाहलाई तोड्न सघाउँदै आएको स्रोतको दाबी छ।प्रेम विवाहपछि मंसिर २१ मा मुम्बई घुम्न गएका उनीहरूलाई पक्राउ गर्न गृहमन्त्री लेखककै निर्देशनमा प्रहरीको एक टोली नेहाका बुबा सुरेन्द्र कै खर्चमा उनीसँगै भारत पुगेको थियो।
 गृहमन्त्री लेखकको निर्देशनपछि महानिरीक्षक कुँवरले अपराध अनुसन्धान कार्यालयका तत्कालीन प्रमुख एसएसपी भट्टराईलाई भनेर सत्येन्द्र र नेहालाई पक्राउ गरी ल्याउन टोली भारत पठाएको स्रोतको भनाइ छ।जबकि गम्भीर किसिमका मुद्दाका फरार अभियुक्तहरू पक्राउ गर्न मात्रै यसरी विशेष टोली विदेश पठाउने गरिन्छ।टोलीले सत्येन्द्र र नेहालाई मुम्बईबाट पक्राउ गरी दिल्लीसम्म ल्यायो।तर,दिल्लीबाट काठमाडौं ल्याउन लाग्दा विमानस्थलमा सत्येन्द्र र नेहा दुवैले आफूहरू विवाह गरेर आएको, छुटाउनकै लागि गैर कानुनी रूपमा पक्राउ गरिएको त्यहाँका सुरक्षाकर्मीलाई बताएपछि विमानस्थलमै हंगामा भएको थियो।पक्राउ गर्न गएको प्रहरी टोली आफूहरू नै समस्यामा पर्न सक्ने डरले उनीहरूलाई त्यहीँ छाडेर नेपाल आयो।सत्येन्द्र र नेहा दिल्लीबाट सडकबाटो हुँदै कपिलवस्तु पुगे।
 पुस ३ मा कपिलवस्तु जिल्ला अदालतमा”कोर्ट म्यारिज” गरे।विवाहले कानुनी मान्यता पाउँदा समेत प्रहरीको ज्यादती रोकिएन। ललितपुरको टीकाथली बस्दै आएका उनीहरूलाई गत पुस १६ गते काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ ग¥यो। नेहालाई माइती पक्षको जिम्मा लगाइयो।सत्येन्द्रलाई बालविवाह मुद्दामा सर्लाही जिल्ला अदालतमा पेस गरियो। अदालतको आदेशमा उनी रु ३० हजार धरौटी बुझाएर  पुस १८ गते छुटे। श्रीमतीलाई माइती पक्षले बन्धक बनाएपछि सत्येन्द्रले पुस २२ गते नेहाको तर्फबाट सर्वाेच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरे।जसमा सर्वाेच्चले आइतबार रिट जारी गरी नेहालाई सत्येन्द्र कै जिम्मा लगाएको छ। जन्मदर्ताका आधारमा दुवैको विवाह गर्ने उमेर पुगेको अवस्थामा परिवारबाट छुटाउने प्रयास गलत भएको सर्वाेच्चका न्यायाधीशद्वय फुयाँल र ढकालको इजलासको ठहर गरेको छ।अदालतले तीन पटक आदेश दिएपछि मात्र सुरेन्द्रले आइतबार बल्ल अदालतमा छोरीलाई उपस्थित गराएका थिए।

सम्बन्धित समाचार