पेट्रोलियम पदार्थको मूल्य वृद्धि विरुध सिटी जुलुस

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-२-१२ गते   २६८० पटक हेरिएको

सर्लाहीको लालबन्दीमा नेकपा एमालेकाे  विद्यार्थी संगठन अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्य वृद्धि विरुद्ध सिटी जुलुस निकालेकाे छ । 
लालबन्दी नगरपालिका ९ स्थित जनज्योति बहुमुखी क्याम्पस अगाडीबाट निस्केकाे अनेरास्ववियुकाे सिटी जुलुस लालबन्दी नगरपालिका ६ स्थित पुर्व बसपार्कमा पसगेर काेण सभामा परिणत भएको थियाे ।
प्रधानमन्त्री शेर बहादुर देउवा सरकारले बढाएको डिजेल ,पेट्रोल ,ग्यासको अत्याधिक मुल्य वृद्धिको विरुद्ध अनेरास्ववियु सर्लाहीले विराेध गरेकाे हाे  ।
अनेरास्ववियु केन्द्रीय सदस्य शिवहरि गाैतमकाे प्रमुख आतिथ्य तथा  सर्लाही जिल्ला  कमिटीका सचिव आशिष बाबु दाहालकाे नेतृत्वमा निस्केकाे अनेरास्ववियुकाे सिटी जुलुसमा प्लेकार्ड ,व्यानर सहित  सिठ्ठि जुलुस बजाउदै परमादेशकाे सरकार मुर्दावाद ,सेरे तेरो पाराले दुख पायो साराले नारा,नाफाघाटा जान्दैनाैँ,मूल्य वृद्धि मान्दैनौं लगायतका नारा लगाउदै अनेरास्ववियुले शान्तीपुर्ण बिरोध र्‍याली गरेकाे हुन ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech