Close This

थप १० जनामा कोरोना संक्रमण पुष्टि

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-२-३ गते   २७२ पटक हेरिएको

नेपालमा थप १० जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

 यससँगै संक्रमितको  संख्या २९१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार बिहान सवा ७ बजे अध्यावधिक विवरण अनुसार थप १० जनामा नयाँ पुष्टी भएको हाे । नयाँ पुष्टि हुनेमा  रौतहट राजपुर न.पा. फरहदवा - ९ निवासी १८, ३२, ३६, ३९, ३९, ४२, ४८ पुरुषहरू र रौतहट इशनाथ न. पा. - ३, ५ निवासी २८, ३०, ३३ वर्षीय पुरुषहरू रहेका छन्।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ गरिएको परीणमा उहाँहरुमा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएकाे छ। हाल सम्म प्राप्त विवरण अनुसार उहाँहरूको स्वास्थ्य अवस्था सामान्य छ र उहाँहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech