डिभिजन वन कार्यालय मरिण कपिलाकोटा सिन्धुलीमा हालसम्म ६० हेक्ट भन्दा बढी वन क्षेत्र अतिक्रमणको चपेटामा परेको छ।दुई वटा डिभिजन वन कार्यालय रहेको सन्धुलीमा डिभिजन वन कार्यालय मरिण कपिलाकोटाको कार्यक्षेत्र अन्र्तगत पर्ने चार वटा पालिका र कमलामाई नगरपालिका–१ को गरी ६० दशमलव चार हेक्टर वन क्षेत अतिक्रमणको चपेटामा परेको डिभिजन वन कार्यालय मरिण कपिलाकोटा सिन्धुलीले उपलब्ध गराएको तथ्यांकमा उल्लेख गरिएको छ ।तथ्यांक अनुसार कमलामाई नगरपालिका–१ मा आधा हेक्टर,सुनकोसी गाउँपालिकामा आधा हेक्टरका साथै घ्याङ्ेख गाउँपालिकमा एक हेक्टर र मरिण गाउँपालिकामा पाँच दशमलव नौ हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा परेको छ।यसका साथै हरिहरपुरगढी गाउँपालिकामा वन क्षेत्र ५२ दशमलव पाँच हेक्टर अतिक्रमण भएको छ ।
डिभिजन वन कार्यालय मरिण कपिलाकोटका डिभिजनल वन अधिकृत एवम प्रमुख कृष्ण प्रसाद न्यौपानेका अनुसार चालु आर्थिक वर्षमा ४२ हजार २४ दशमलव ४६ सेफ्टी काठ तथा २४ दशमलव पाँच चट्टा दाउरा उत्पादन भएको छ ।न्यौपानेका अनुसार सामुदायिक वनबाट २० हजार दुई सय ८७ दशमलव सात सेफ्टी र नीजि वनबाट २१ हजार सात सय ३६ दशमलव ७६ सेफ्टी काठ उत्पादन भएको हो।दुई सय पाँच वटा सामुदायिक वन,७७ वटा दिगो वन र एउटा धार्मिक वन क्षेत्र रहेको डिभिजन वन कार्यालय मरिण कपिलाकोटले चालु आर्थिक वर्षमा ५० हजार एक वर्षे विभिन्न प्रजातिका जडीबुटी र १२ हजार बहुवर्षे जडीबुटी उत्पादन गरेको कार्यालय प्रमुख न्यौपानले कमलामाई मिडिया प्रा.लिलाई जानकारी दिए ।
यता,वन पैदावार आपूर्ति समिति मार्फत चालु आर्थिक वर्षमा उत्पादन भएको ४२ हजार २४ दशमलव ४६ सेफ्टी काठ बिक्री गरिएकाले काठ अभाव नभएको र पर्याप्त मात्रामा काठ भएका कारण आपूर्ति समितिमार्फत मागेको बखत काठ उपलब्ध गराइरहेको उनले बताए ।प्रमुख न्यौपानेले वन अतिक्रमण हटाउनका लागि आवश्यक काम भई रहेको समेत बताए।राज्यको नीतिअनुसार अन्य क्षेत्रको पनि वन अतिक्रमित क्षेत्र हटाइने उनले जानकारी दिए ।