नेशनल लघुवित्त वित्तीय संस्था लि.शाखा कार्यालय हरिपुरले समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।नेपाल राष्ट्र बैंकबाट“घ”वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको कार्यक्षेत्र रहेको वित्तीय संस्थाले वित्तीय साक्षरता,वचतको महत्व,ऋणको सही सदुपयोग,उद्यमशीलता विकास तथा समूह सुदृढीकरण सम्बन्धी जानकारी प्रदान गर्न समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको संस्थाका शाखा प्रवन्धक गौतम झाले जानकारी दिए ।उनका अनुसार गोष्ठीमा वित्तीय अनुशासन,नियमित वचत तथा समयमै किस्ता भुक्तानीको महत्वबारे समेत जानकारी गराइएको थियो।कार्यक्रमका अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने सदस्य तथा समूहहरूलाई प्रमाण–पत्र र पुरस्कार सहित सम्मान गरिएको हो ।

समूह नं. ५ की अध्यक्ष अमिना वि.क.को अध्यक्षता तथा हरिपुर नगरपालिकाका नगर प्रमुख गोपाल पञ्जियारको प्रमुख आतिथ्यता भएको कार्यक्रममा शाखाको प्रगति प्रतिवेदन प्रस्तुति समेत गरिएको थियो।वित्तीय पहुँच विस्तार,बचत संस्कृतिको विकास तथा महिला सशक्तीकरणमा लघुवित्त संस्थाहरूको महत्वपूर्ण भूमिका रहेको कार्यक्रमका प्रमुख अतिथि एवम हरिपुर नगरपालिकाका नगर प्रमुख पञ्जियारले बताए ।