चन्द्रनगरमा सञ्चालन गरिएको एकदिने स्वास्थ्य शिविरमा करिब छ सय जनाले लिए लाभ

208 Shares

सर्लाहीको चन्द्रनगर गाउँपालिका ७ मा भएको निःशुल्क एक दिने स्वास्थ्य शिविरमा करिब छ सय जनाले लाभ लिएका छन् ।चन्द्रनगर गाउँपालिका ७ स्थित नाडिमन तालको परिसरमा आज(शनिबार) आयोजना गरिएको एक दिने निःशुल्क स्वास्थ्य शिविरमा पाँच सय ९० जनाले लाभ लिएका चन्द्रनगर गाउँपालिकाको स्वास्थ्य शाखाका संयोजक अमृत कुमार चौधरीले जानकारी दिए ।
उनका अनुसार चन्द्रनगर गाउँपालिकाको समन्वयमा श्री मध्य पूर्वी पृतना हेडक्वाटर बर्दिवास ,श्री नम्बर ९ बाहिनी अड्डा र श्री भैरवीदल गण पाँचकुमारी ब्यारेक लालबन्दी नगरपालिका २ नवलपुरको आयोजनामा आज(शनिबार)एक दिन सञ्चालन गरिएको वृहत् स्वास्थ्य शिविरमा ५४ जनाले प्रसुती तथा स्त्री रोग सेवा,दुई सय जनाले बाल रोग सेवा,४७ जनाले दन्त रोग सेवा,५७ जनाले रेडियोलोजी सेवा,३० जनाले आँखा रोग सेवा,१० जनाले मधुमेह र रक्तचाप सेवा,छ जनाले नाक,कान,घाँटी रोगको सेवा र पाँच जनाले मनो रोग सेवा लिएका हुन ।
चन्द्रनगर गाउँपालिका ७ स्थित नाडिमन ताल परिसर शनिबार(आज) बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन भएको एक दिने निःशुल्क स्वास्थ्य शिविर चन्द्रनगर गाउँपालिका ७ स्थित नाडिमन ताल परिसरमा गाउँपालिकाको सहयोग तथा श्री मध्य पूर्वी पृतना हेडक्वाटर बर्दिवा,श्री नम्बर ९ बाहिनी अड्डा र श्री भैरवीदल गण पाँचकुमारी ब्यारेक लालबन्दी नगरपालिका २ नवलपुर तथा सेनाको फिल्ड अस्पताल बर्दिवास,लालबन्दी नगर अस्पताल,सर्लाही ईमेजिनिङ एण्ड डाईगोनोस्टिक सेन्टर लालबन्दी र सत्यनाम हेल्थ केयर सेन्टर लालबन्दी नगरपालिका १ नवलपुरको सहकार्यमा सञ्चालन भएको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले जानकारी दिए ।  
उनका अनुसार एक दिने निःशुल्क स्वास्थ्य शिविरमा स्त्री तथा प्रसुती रोग विशेषज्ञ सेवा,बाल रोग विशेषज्ञ सेवा,मनोचिकित्सक विशेषज्ञ सेवा,दन्त रोग विशेषज्ञ सेवा,जेनेरल बहिरंग सेवा,भिडियो एक्सरे सेवाका साथै हाड जोर्नि तथा नशा रोग विशेषज्ञ सेवा र जेनेरल वहिरंग सेवा सम्बन्धी सेवाहरु सञ्चालन गरिएको थियो ।
स्वास्थ्य शिविर कार्यक्रममा श्री भैरवीदल गण पाँचकुमारी ब्यारेक लालबन्दी नगरपालिका २ नवलपुरले जिल्लामा भई रहेको आगलागी,विपद् व्यवस्थापन,सर्पदंश उपचार सम्बन्धि र नेपाली सेनाको भर्ना सम्बन्धी सचेतनामूलक कक्षा समेत सञ्चालन गरेको श्री भैरवीदल गण पाँचकुमारी ब्यारेक लालबन्दी नगरपालिका २ नवलपुरका निमित्त गणपति एवम सेनानी पवन बिष्टले जानकारी दिए ।उनका अनुसार अत्याधिक गर्मीका कारण हुने लु सम्बन्धी समस्याका सवालमा पनि सचेतनामूलक सन्देश प्रवाह गरिएको छ ।

सम्बन्धित समाचार