तीनवटा सवारी साधन दुर्घटना हुँदा दुई जना घाईते

380 Shares

पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका ९,स्थित डिभिजन वन कार्यालय लालबन्दी सर्लाही नजिकै तीन वटा सवारी साधन दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।नवलपुरबाट लालबन्दीतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३५९१ नम्वरको हायसलाई ना ७ ख ३२१७ नम्वरको टिपरले पछाडिबाट हायस लाई र हायसले मोटरसाईकललाई ठक्कर दिँदा दुई जना घाईते भएका जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी  नायव उपरिक्षक सरोज राईले जानकारी दिए ।
उनका अनुसार टिपरले हायसलाई ठक्कर दिएपछि हायसले अगाडि रहेको प्रदेश २ ०२ ००२ प ७८०७ नम्वरको मोटरसाइकललाई ठक्कर दिएको थियो।हायसले ठक्कर दिँदा मोटरसाइकलमा सामान्य क्षति पुगेपनि चालक सकुशल रहेका छन्।टिपरले पछाडिबाट ठक्कर दिँदा हायसमा सवार बागमती नगरपालिका ९,नयाँबस्तीका १९ वर्षीय प्रेम बहादुर रुम्बा र सायस मै सवार बरहथवाकी अन्दाजी तीन वर्षीया दृष्णा गाहा घाईते भएका प्रहरीले जनाएको छ । 
घाईते बागमती नगरपालिका ९ का रुम्बाको लालबन्दी मोडेल अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौं रेफर गरिएको छ भने,बरहथवाकी दृष्णा स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार पछि डिस्चार्ज भइसकेकी प्रहरीले जनाएको छ।टिपरले ठक्कर दिँदा हायसको पछाडिको भागमा क्षति पुगेको छ।हायस,टिपर र मोटरसाइकल तथा टिपर र हायसका चालक इलाका प्रहरी कार्यालय लालबन्दीको नियन्त्रणमा रहेका छन् ।

सम्बन्धित समाचार