सर्लाहीको हरिवनमा ट्रक चालकलाई सम्मान गरिएको छ । सर्लाही ट्रक व्यावसायी संघको छैँठौँ बार्षिक साधारण सभामा संघले असल चालक भन्दे प्रकाश राईलाई सम्मान गरेको हो । संघ मार्फत सञ्चालीत १ सय ५० ट्रकहरु रहेका भएपनि इमान्दार र असल चालकको रुपमाा राईलाई नगद सहित दोसल्ला ओढाएर सम्मान गरिएको संघले जनाएको छ ।हरिवन नगरपालिका १० मा २०६५ सालमा स्थापना भएको सर्लाही ट्रक व्यावसायी संघले शनिबार छैँठौँ बार्षिक साधारण सभा मनाएको हो ।

भारवाहन व्यावसायीहरुलाई राज्यले अनावश्यक दुख दिने गरेको भएपनि भारवाहन व्यावसायीहरु अविचलीत रुपमा लागि रहेको कार्यक्रमका अतिथी हरिवन नगरपालिका १० का वडा अध्यक्ष तथा यातायात व्यावसायी शम्भुु मैनालीले बताउनु भयो । जिल्लामा ट्रक व्यावसायीहरु १ सय ५० जना मात्र नभएर अरु पनिरहेको भन्दै सबै ट्रक व्यावासायीहरुलाई एक ढिक्का बनाएर लैजान कार्यक्रमका प्रमुख अतिथी तथा प्रदेश नम्बर २ का प्रदेश सभा सदस्य डिल्ली प्रसाद उप्रेतीले बताउनु भयो । उहाँले ट्रक व्यावसायीहरुको मागर समस्या समाधानमा आफु ध्यान दिएर लाग्ने बताउनु भयो ।

संघ सर्लाहीका अध्यक्ष राम बहादुर दवाडीको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरुले काँटा सञ्चालन देखि दुर्घटना सम्मका कुरामा सर्लाही ट्रक व्यावसायी संघ अब्बल रहेको बताएका छन् । कार्यक्रमका विशिक्ष्ट अतिथी तथा नेपाल ट्रक व्यावसायी महासंघ प्रदेश नम्बर २ का अध्यक्ष राजन केशीले सडकको संरचना,क्षमता पुरानो मोडलमा रहेका कारण दुर्घटनाहरु बढीरहेको बताउनु भयो । उहाँले नेवपाल सरकारले बनाएको निर्देशिका कार्यन्वयन नहुदा नेपाली भारवाहन व्यावसायीहरु मारमा परेका बताउनु भयो ।

संघले छैँठौँ बार्षिक साधारण सभाको अवसरमा जेष्ठ नागरिक ववरजंग थापालाई नगद रु १ हजार ५ सयका साथमा दोसल्ला ओढाएर सम्मान गरेको छ । त्यसैगरी कविराज उप्रेती,संस्थापक अध्यक्ष भरतराज भण्डारी लगायतलाई खादा ओढाएर सम्मान गरिएको संघका अध्यक्ष दवाडीले बताउनु भयो । कार्यक्रममा हरिवन नगरपालिकाकी उप प्रमुख रेणुका पौडेल,हरिवन ८ का वडा अध्यक्ष यज्ञ विनोद ढुंगेल,हरिवन ९ का वडा अध्यक्ष सिताराम पोख्रेल,उद्योग बाणिज्य संघ हरिवनका अध्यक्ष मोहन श्रेष्ठ,नेपाल चेम्बर अफ कमर्स हरिवनका अध्यक्ष कृष्ण ओमपोते लगाएको उपस्थितीमा जिल्लाभरका ट्रक व्यावसायीहरुको उपस्थिती रहेको थियो ।