Close This

पेट्रोल,डिजेल दिनमा कृतिम अभाव र रातमा कालोबजारी 

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७६-१२-५ गते   ४२१ पटक हेरिएको

विश्वव्यापी महामारीको रुपमा फैलीएको कोरोना भाईरस(कोभिड १९ ) को बजार हल्ला मच्याएर सर्लाहीमा पेट्रोल,डिजेल,ग्यास तथा दैनिक उपभोग्य सामाग्रीको कृतिम अभाव सृजना गर्न सुरु गरिएको छ । 
स्थानिय प्रहरी प्रशासनको मिलोमतोमा पेट्रोल,डिजेल,ग्यास तथा दैनिक उपभोग्य सामाग्रीको कृतिम अभाव सृजना सुरु गरिएको स्थानिय उपभोक्ताहरुले आरोप लगाएका छन । पुर्व पश्चीम लोकमार्ग अन्र्तगत रहेका ८ वटा पेट्रोल पम्पहरुमा पेट्रोल तथा डिजेल दिनभर लुकाउने र साँझ परेपछि फोन सम्पर्क गरेर बोलाएर कालोबजारीको रुपमा ठुलो परिमाणमा ड्रममा हालेर बेच्ने गरेको पाईएको छ ।
लालबन्दी नगरपालिका ६ को रामछविला आयर स्टोर्स लगायतका पुर्व पश्चीम लोकमार्ग अन्र्तगत रहेका ८ वटा पेट्रोल पम्पहरुमा मध्ये रामछविला आयल स्टोरमा पेट्रोल तथा डिजेल छैन भन्ने सुचना टाँसेर साँझ परेपछि विक्रि वितरण गरिने गरेको अनुसन्धानबाट खुलेको छ ।

 ना ६ ख २८७३ नम्बरको ट्याक्टरमा पेट्रोल ५ सय ४४ लिटर ड्रममा हालेर बेच्दै गरेको अवस्थामा प्रहरीले फेला पारेको र भोलीका दिनमा कुनै पनि बाहनामा  आयर स्टोर्सले पेट्रोल,डिजेल अभाव हुन नदिने सर्तमा उक्त ट्याक्टर छोडिएको ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख तथा प्रहरी निरिक्षक नारायण थापाले बताउनु भयो । तर बुधबार बिहानै १ घण्टा पेट्रोल,डिजेल बिक्रि वितरण गरेको स्टोर्सले त्यसपछि पेट्रोल छैन भनेर सुचना टाँस गरेको छ । भने  पेट्रोल तथा डिजेल हाल्न सवारी साधन लिएर जाने सेवाग्राहीहरु पेट्रोल,डिजेल नपाउँदा मारमा परेका छन । भने आयस स्टोर्सका सञ्चालक पवन कुमार साहले मंगलबारकै समय अर्थात रातको ८ बजेपछि मात्र पेट्रोल,डिजेल पाउने बताएका छन । यसबाट पनि पेट्रोल,डिजेलमा दिनभर कृतिम अभाव र रातमा कालोबजारी हुने आशंका गर्न सकिन्छ । तर सरकारले पेट्रोलीयम पर्दाथमा कुनै किसिमको अभाव नरहेको बताई रहेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech