मधेस प्रदेश सरकारको रु १२ करोड भन्दा बढीको लागतमा रौतहटको वृन्दावन नगरपालिकामा कालोपत्रे सडक निर्माण हुने भएको छ ।मधेश प्रदेश सरकारका निवर्तमान मन्त्री एवम प्रदेश सभा सदस्य युवराज भट्टराई(समिर)को पहलमा वृन्दावन नगरपालिका अन्र्तगतको बिश्रामपुर,बेनौली नरकटिया र हर्दियालगायत गाउँहरुलाई जोड्ने नाला सहितको कालोपत्रे सडक निर्माण गर्न रु १२ करोड ७८ लाखको बजेटको विकास निर्माण कार्यको बुधबार शिलान्यास गरिएको हो ।
मधेश प्रदेश सरकारका निवर्तमान मन्त्री एवम प्रदेश सभा सदस्य भट्टराई सहित निवर्तमान सांसद देवेन्द्र पटेल,वृन्दावन नगरपालिकाका निवर्तमान नगर प्रमुख राम स्नेही यादव र स्थानीय नेता प्रेम शंकर यादवको उपस्थितिमा सडकको शिलान्यास गरिएको हो ।पक्की सडक र नाला नहुदा यहाँका स्थानीयहरुलाई सास्ती खेप्नुपरेकाले चाडैं सडक तथा नाला निर्माण सम्पन्न गर्ने गरी सडक शिलान्यास गर्दै निवर्तमान मन्त्री एवम प्रदेश सभा सदस्य भट्टराईले बताए ।