Close This

संसद पुर्न स्थानको माग गर्दै सर्लाहीमा माओवादी नेता कार्यकर्ताद्धारा प्रदर्शन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-२-२८ गते   १७२ पटक हेरिएको

नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) को भातृसंगठन योंग कम्युनिष्ट लि,नेपाल सर्लाही र अखिल क्रान्तिकारीले सुक्रवार सडकमा फालिएका मास्क उठाएका छन् ।
दोस्रो पटक संसद् विघटन गरेर प्रतिगमन गरिएको भन्दै  आफुहरुले सर्लाहीको हरिवनमा प्रदर्शन सहित सडकमा फालिएको मास्क उठाएको अखिल क्रान्तिकारी सर्लाहीका संयोजक विवेक मैनालीले जानकारी दिनु भयो । 
संसद् पुनःस्थापनाको मागसहित (माओवादी केन्द्र) निकट ती दुई संगठनले पूर्व–पश्चिम लोकमार्गमा प्रदर्शन समेत गरेका छन् । प्रदर्शन पश्चात आयोजित कोण सभालाई माओवादी केन्द्रका सर्लाही सचिव कमल बुढाथोकी, माओवादी केन्द्रका सर्लाहीका नेता अर्जुन पन्त, पद्मा ठोकरलगायतले सम्वोधन गर्नु भएको थियो ।
यस्तै, प्रदर्शनअघि बजार क्षेत्रमा आम सर्वधारणले प्रयोग गरेर जथाभावी फालिएका मास्क संकलन गरेर नष्ट गरिएको माओवादी केन्द्रका सर्लाही सचिव बुढाथोकीले बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech