सिन्धुलीमा सञ्चालित ४३ वटा कार्यालयहरु मध्य हाल सम्म ३२ वटा कार्यालयहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक स्वतःप्रकाशन गरेका छन्।संघीय,प्रादेशिक कार्यालयहरु र स्थानीय तहहरु गरी ४३ वटा कार्यालयहरु रहेको सिन्धुलीका ३२ वटा कार्यालयहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक स्वतःप्रकाशन गरेका सूचनाको हक सम्बन्धी जिल्ला अनुगमन ईकाई सिन्धुलीका सदस्य सचिव एवम जिल्ला हुलाक कार्यालय सिन्धुलीका प्रमुख कुमार थापाले जानकारी दिए ।
उनका अनुसार सिन्धुलीका नौ वटा स्थानीय तहहरु मध्य दुधौली नगरपालिका सहित तीनपाटन, फिक्कल, घ्याङ्लेख, मरिण ,हरिहरपुरगढी र गोलन्जोर गाउँपालिका गरी सात वटा पालिकाले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक स्वतःप्रकाशन गरेका छन् भने कमलामाई नगरपालिका र सुनकोसी गाउँपालिकाले स्वतःप्रकाशन गरेका छैनन् ।
त्यस्तै,सिन्धुलीमा १४ वटा प्रादेशीक कार्यालयहरु रहेकामा उद्योग तथा बाणिज्य कार्यालय सिन्धुली,सिन्धुली अस्पताल सिन्धुली, जनस्वास्थ्य कार्यालय सिन्धुली,शहरी विकास तथा भवन कार्यालय सिन्धुली,पूर्वाधार विकास कार्यालय,सिन्धुली, डिभिजन वन कार्यालय,कपिलाकोट, मरिण,सिन्धुली,डिभिजन वन कार्यालय सिन्धुलीमाडी सिन्धुली,आयुर्वेद तथा बैकल्पिक चिकित्सालय सिन्धुली, जलश्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय सिन्धुली,भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सिन्धुली,कृषि विकास कार्यालय सिन्धुली र खानेपानी तथा सरसफाई डिभिजन नं.४ सेवा ईकाई कार्यालय सिन्धुली गरी १२ वटा कार्यालयहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक स्वतःप्रकाशन गरेका सूचनाको हक सम्बन्धी जिल्ला अनुगमन ईकाईका सदस्य एवम जिल्ला समन्वय समिति सिन्धुलीका समन्वय अधिकारी तिर्थराज पौडेलले बताए।उनका अनुसार बागवानी विकास केन्द्र सिन्धुली र यातायात व्यवस्था कार्यालय सिन्धुलीको स्वतःप्रकाशन हुन बाँकी रहेको छ ।
यता,२० वटा संघीय कार्यालय रहेको सिन्धुलीका नापी कार्यालय सिन्धुली,मालपोत कार्यालय सिन्धुली,जिल्ला प्रशासन कार्यालय सिन्धुली,जिल्ला हुलाक कार्यालय सिन्धुली,जिल्ला समन्वय समितिको कार्यालय सिन्धुली,सडक डिभिजन कार्यालय खाल्टे,सिन्धुली, सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यालय सिन्धुली,राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम,कार्यक्रम कार्यान्वयन एकाई, सिन्धुलीका साथै जिल्ला निर्वाचन कार्यालय सिन्धुली,खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सिन्धुली,चुरे उत्थानशील आयोजना सिन्धुली, कारागार कार्यालय सिन्धुली, शिक्षा विकास तथा समन्वय ईकाई सिन्धुली र कोष तथा लेखा नियन्त्रक कार्यालय सिन्धुली गरी १४ वटा संघीय कार्यालयहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक स्वतःप्रकाशन गरेका सूचनाको हक सम्बन्धी जिल्ला अनुगमन ईकाई सिन्धुलीले जनाएको छ । सुरक्षा व्यवस्थापन सम्बद्ध तीन र न्याय सम्पादन सम्बद्ध दुई गरि पाँच वटा निकायहरुले स्वतःप्रकाशन गरेका छैनन्।भने नेपाल सरकारको पछिल्लो निर्णय अनुसार खारेजीमा परेको करदाता सेवा कार्यालय सिन्धुलीले पनि स्वतःप्रकाशन गरेको छैन् ।
यता,स्वतःप्रकाशन नगर्ने सुनकोसी गाउँपालिकाका सूचना अधिकारी नविन न्यौपानेका अनुसार प्रमुख प्रशासकीय अधिकृत अजम्बर राईको तिहार अगाडि नै सरुवा भएको र अर्का प्रमुख प्रशासकीय अधिकृत आउन ढिला भएका कारण स्वतःप्रकाशन तयार भएपनि प्रकाशन हुन बाँकी रहेको हो।तर गाउँपालिकाको आधिकारीक वेभसाईटमा उनै सरुवा भएका भनिएका प्रमुख प्रशासकीय अधिकृत राईकै नाम रहेको छ।साथै,कमलामाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराई लामो समय बिदामा बसेका कारण स्वतःप्रकाशन हुन नसकेको स्रोतले जनाएको छ।बागमती विकास केन्द्रको स्वतःप्रकाशन तयारी भएको र चाँडै प्रकाशन गर्ने कार्यालयका सूचना अधिकारी हेमन्त कुमार झाले बताए ।
त्यस्तै,खानेपानी तथा सरसफाई डिभिजन नं.४ सेवा ईकाई कार्यालय सिन्धुलीका सूचना अधिकारी अजय कुमार यादवका अनुसार मुख्य कार्यालय रामेछापमा रहेको र सिन्धुली सहित रामेछाप हेर्ने भएकाले कार्यलयले स्वतःप्रकाशन गरि सकेको दाबी गरे।तर सो सम्बन्धमा सूचनाको हक सम्बन्धी जिल्ला अनुगमन ईकाई सिन्धुलीलाई प्राप्त भई नसकेको पाइएको छ ।
यता,यातायात व्यवस्था कार्यालय खुर्कोट सिन्धुलीका सूचना अधिकारी सन्तोष शाही लामो समयदेखि बिदामा बसेका कारण तयारी भएको स्वतःप्रकाशन पनि प्रकाशन गर्न नपाएको र चाँडै नै प्रकाशन गरिने कार्यालय प्रमुख तारा किरण राईले बताए ।केन्द्रीय कार्यालयले स्वतःप्रकाशन गरेपछि आफुहरुले गरी रहनु नपर्ने संघीय कार्यालयहरु अन्र्तगतका सुरक्षा व्यवस्थापन सम्बद्ध तीन र न्याय सम्पादन सम्बद्ध दुई कार्यालयहरुले जवाफ दिएका छन् ।
सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५(३) र सो सम्बन्धी नियमावलीको नियम ३ बमोजिम सबै सार्वजनिक निकायहरुले प्रत्येक तीन÷तीन महिनामा अद्यावधिक गरी स्वतः प्रकाशन गर्नु पर्ने प्रावधान भएपनि सिन्धुलीका ११ वटा कार्यालयहरुले स्वतःप्रकाशन गर्न बाँकी रहेको जिल्ला अनुगमन ईकाइ सिन्धुलीले जनाएको छ ।