Close This

४२५ जनामा काेराेना पुष्टि, सङ्क्रमितकाे सङ्ख्या ५ हजार ७६०

पत्र पत्रिका    प्रकाशित: २०७७-२-३२ गते   २७४ पटक हेरिएको

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार सात सय ६० पुगेको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा चार सय २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार अहिलेसम्म एक लाख ३३ हजार तीन सय ७७ जनाको पीसीआर र दुई लाख १० हजार सात सय २१ जनाको आरडीटी विधिमार्फत परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा ६ हजार ८९ जनाको पीसीआर विधिमार्फत र २० हजार आठ सय जनाको आरडीटी विधिमार्फत परिक्षण भएको हाे ।

त्यस्तै नेपालमा कोरोना सङ्क्रमणमुक्त भएर डिस्चार्ज हुनेको सङ्ख्या साढे नाै सय नाघेकाे छ । मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गाैतमका अनुसार पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट निकाे हुनेकाे सङ्ख्या ६१ रहेकाे छ ।

योसँगै नेपालमा कोरोनाबाट निको भएर डिस्चार्ज हुनेको सङ्ख्या ९ सय ७४ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech