Close This

हरिहरपुरगढीका तीन सय घरधुरीमा झलमल्ल बिजुली

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१०-६ गते   २२९ पटक हेरिएको

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका४ र ५ का करिब ३ सय घरधुुरीमा  विद्युतविस्तार गरिएको छ । हरिहरपुरगढी गाउँपालिका ४ र ५ का तीन सय घरमा विजुली बत्ती जडान गरिएको गरिएको गाउँपालिकाले जनाएको छ । 
हरिहरपुरगढी गाउँपालिकाको रु ६८ लाख रकमबाट विद्युत सेवा विस्तार गरिएको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष एवम प्रवक्ता झलक कुमार माझीले जानकारी दिनुभयो । विद्युत विस्तार भएपछि सो क्षेत्रका स्थानियबासी हर्षित भएका छन् । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)प्रचण्ड–नेपाल समुहका केन्द्रीय सदस्य तथा सिन्धुली जिल्ला इन्चार्ज कमलजंग राईले एक कार्यक्रमका विच विद्युत सेवा विस्तारको शुभारम्भ गर्नु भएको हो ।
 उक्त बिद्युत लाइन विस्तारबाट वडा नम्बर ४ को बाह्रबिसे झ्याडीका साथै वडा नम्बर ५ को भलखडा दुवारखोला, तामजोर, जोरसिमल, मिलन चोकलगायतको क्षेत्रका तीन सय घरधुरीमा विद्युत सेवा पुगेको छ । निर्वाचनमा बोलिएको कुरालाई आत्मासात गर्दै स्थानिय जनप्रतिनिधिहरुले गाउँको विकासलाई प्राथमिकताका साथ काम गरि रहेका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech