सर्लाही १ मा इतिहाँस रच्दै नेकपाका साह

604 Shares

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सर्लाहीको क्षेत्र नम्बर १ मा नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले आफ्नो ईतिहाँस रच्ने योजना बनाएको छ । सर्लाही क्षेत्र नम्बर १ मा यस अघि लोकतान्त्रीक समाजवादी पार्टी(लोसपा)का राम प्रकाश चौधरीले नेपाली कांग्रेसको साथ पाएर चुनाव जितेका भएपनि यस पटक नेकपाले २०७४ सालमा चुनाव जितेका प्रमोद साहलाई उम्मेदवार बनाएर आफ्नो इतिहाँस रच्ने योजना बनाएको छ । २०७० मा नेकपा(एमाले)का नेता झलनाथ खनाललाई पराजीत गर्दै तत्कालीन एनेकपा(माओवादी)ले जीत निकालेको सर्लाही क्षेत्र नम्बर १ मा यस पटक तीनजना पूर्व सांसदहरु चुनावी मैदानमा भएपनि यो समाचार तयार पर्दा सम्म नेकपाका साहको माहोल राम्रो रहेको नेकपाका नेताहरुले बताएका छन्।आफ्नो कार्याकालमा साहले जनता आवास कार्यक्रमबाट करिब दुई हजार पाँच सय वटाघर निर्माण गर्न बजेट व्यवस्थापन गरेका,करिब एक हजार दुई सय सुरक्षित नागरिक आवास निर्माण,७२ वटा सामुदायिक भवनहरु निर्माण गरेका,३६ वटा विद्यालय भवन नर्मिाण गरेका,चार वटा मुखय सडक निर्माण तथा स्तरोउन्नती गरेका,मन्दीर,गुम्बा,इदगाह,मस्जीद लगायतका धार्मिक स्थलहरु निर्माण गरेका,कृषियोग्य जमिनको संरक्षण तथा व्यवस्थापन गर्न तटबन्ध,कृषि सिचाइका लागि डिप बोरिङ,सानो ट्युबेल सहित नदी नियन्त्रण र स्वास्थ्य तथा शिक्षामा उल्लेख्य योगदान गरेका निवर्तमान सांसद साह फेरी नेकपाबाट उम्मेदवार बन्दा सार्लही क्षेत्र नम्बर १ का नागरिकहरु उत्साहीत भएका छन्।
४९ वडा रहेको सर्लाही क्षेत्र नम्बर १ मा  विभिन्न राजनीति दलहरु र स्वतन्त्रबाट गरी २८ जना उम्मेदवारहरु चुनावी मैदानमा छन्।जसमा चार÷पाँच जना उम्मेदवारहरु बाहेक अन्य उम्मेदवारहरु डमी उम्मेदवारको रुपमा रहेका छन्।कांग्रेसका शम्भुलाल श्रेष्ठ,नेकपा(एमाले)का मनोज कुमार देवकोटा,नेकपाका साहका साथै लोसपाका चोधरी र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की नितिमा कार्की(भण्डारी) सर्लाही क्षेत्र नम्बर १ का लागि भारी उम्मेदवार  हुन । 

सम्बन्धित समाचार