सुन चोरीका अभियुक्त र अभद्र व्यवहारका अभियुक्त पक्राउ

219 Shares

सर्लाहीको हरिवनबाट सुन चोरीको आरोपमा एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।नवलपरासीको बर्दघाट नगरपालिका–११ की एक युवतीलाई भगाएर सुनका गर गहना चोरी गरेको आरोपमा एक युवकलाई हरिवन नगरपालिका–११ स्थित फुटबल मैदान नजिकैबाट प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
सर्लाहीको लालबन्दी नगरपालिका स्थित बस्तीपुर घर भई हाल हरिवनमा डेरामा बस्ने एक युवक रहेका भएपनि प्रहरीले उत्त विवरण सार्वजनिक गरेको छैन्।नवलपरासीको बर्दघाट नगरपालिका–११ की एक युवतीलाई भगाएर सुनका गरगहना समेत चोरी गरेको भन्दै पीडित परिवारले खोजी गरिरहेको जनाएका थिए ।
पीडित शम्भु चौधरीका अनुसार युवकको खोजी गर्दै नवलपरासीबाट सर्लाहीको हरिवन आइपुग्दा ती युवक भाग्न खोजेका थिए।उखुबारी प्रवेश गरी भाग्दै गरेका युवकलाई हरिवन नगरपालिका–११ बालगंगा स्थित फुटबल फिल्ड नजिकैबाट स्थानीय र प्रहरीको संयुत्त प्रयासमा नियन्त्रणमा लिन सफल भएको सर्लाही प्रहरीले जनाएको छ ।
घटना अघि नै इलाका प्रहरी कार्यालय हरिवनलाई जानकारी गराई संयुत्त रुपमा ती युवकको खोजी सुरु गरिएको थियो।पक्राउ परेका युवकलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि इलाका प्रहरी कार्यालय हरिवनमा राखिएको भएपनि प्रहरीले अभियुक्तको विवरण सार्वजनिक गरेको छैन्।
त्यसैगरी,हरिवन नगरपालिका– ८ का अन्दाजी वर्ष ४६ का छत्र प्रसाद भट्टराईलाई पनि हरिवन प्रहरीले नियन्त्रणमा लिएको छ।हरिवन नगरपालिका–८ कै एक किशोरीलाई अभद्र व्यवहार गरेको आरोपमा भट्टराईलाई पक्राउ गरेको हरिवन प्रहरीले हाल सम्मपनि घटनाको सवाल र अभियुक्तको विवरण सार्वजनिक नगरेको हो ।
यसबाट प्रहरीको भूमिका माथि शंका सृजना भएको पीडित पक्षको गुनासो छ।प्रहरीले अभियुक्तलाई नियन्त्रणमा लिने र आन्तरिक चलखेल गरी अभियुत्तहरुलाई उन्मुत्ती दिने काम प्रहरीले गरेको पीडित पक्षको आरोप छ ।

सम्बन्धित समाचार