हरिवन ११ काे रोहित एन्ड रितिक ट्रेडर्स प्रा.लिमा राजश्वकाे सिल,मालवस्तुकाे विवरण सार्वजनिक नगर्नु नै शंका

गणेश खड्का    प्रकाशित: २०८०-५-१६ गते   १००९ पटक हेरिएको

सर्लाहीको हरिवन नगरपालिका ११ स्थित रहेको एक किराना एवम खाद्य  पसलको गोदाम राजश्व अनुसन्धान कार्यालय पथलैयाको टोलीले सिल गरेको छ । हरिवन नगरपालिका ११ स्थित रहेको सन्तोष डिलरले परिचित सन्तोष साहको रोहित एन्ड रितिक ट्रेडर्स प्रा.लिको किराना एवम खाद्य पदार्थको गोदाममा राजश्व अनुसन्धानको टोलीले सिल गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

भन्सार छलीका सामानहरु ल्याउने र कारोबार गर्ने गरेको आशंकामा  जिल्ला प्रहरी कार्यालय सर्लाही र सशस्त्र प्रहरी बल नेपाल नम्बर १०  हे.क्वा गण सर्लाहीको टोलीले गोदाम घेरा हालेपछि रोहित एन्ड रितिक ट्रेडर्स प्रा.लिका सञ्चालक साहसंग विवाद सृजना भए पछि राजश्व अनुसन्धानको टोलीलाई बोलाईएको प्रहरीले जनाएको छ । त्यसपछि राजश्व अनुसन्धानको टोली,जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय सर्लाही र सशस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा गणको टोलीले गोदाममा रहेको सामान लामो समय लगाएर गणना गरेको थियो  ।

त्यसपछि राजश्व अनुसन्धानको टोलीले  रोहित एन्ड रितिक ट्रेडर्स  प्रा.लिका सञ्चालक साहलाई  फर्मको कारोबारको सम्वन्धमा केही बुझ्नुपर्ने भएकोले प्रोपाईटर आफै वा आधिकारिक प्रतिनिधिलाई यस कार्यालयमा पत्र प्राप्त भएको तीन दिन भित्र उपस्थित हुन र त्यतिबेला सम्म  गोदाम सुरक्षित राख्न साथै अर्को आदेश नभएसम्म कारोवार नगर्न भन्दै शाखा अधिकृत नारायण खत्रीले हस्ताक्षर गरि पत्र थमाई गोदाम सिल गरेका प्रहरीले जनाएको छ । राजश्व कार्यालयका शाखा अधिकृत खत्रीले हस्ताक्षर गरि पत्र थमाउनु,फर्मको बारेमा केही बुझ्न भन्दै कार्यालयमा बोलाउनु र गणना गरिएको माल सामानको विवरण सार्वजनिक नगर्नुले राजश्व अनुसन्धानको टोलीमाथी शंका सृजना भएको छ । 
गोदाममा सामान गणनाको समयमा पत्रकारलाई समेत निषेध गरिँदा सामान गणनास्थलमा खटिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीका साथै सुरक्षा निकाय पनि शंकाको घेरामा परेका एक स्थानियको आरोप छ । भन्सार छली हरियो केराउ लगायतका सामाग्रीहरु ल्याउँदै गर्दा जिल्ला प्रहरी कार्यालय सर्लाहीको टोली पछ्याउँदै गोदाममा पुगेको थियो ।सुरक्षाकर्मीलाई समेत प्रलोभनमा  पार्न सक्ने क्षमता राख्ने रोहित एन्ड रितिक ट्रेडर्स प्रा.लिका सञ्चालक साह मधेश प्रदेशका भन्सार छलीका सामानहरु ओसार पसार गर्ने कुख्यात व्यापारी हुन ।
उनले कुनै समयमा आफुले २०/२५ लाख लाईन मिलाउन खर्चिने गरेको समेत बताएका थिए भने विगत लामो समयदेखि यस्तै कारोवारमा सक्रिय रहेका रोहित एन्ड रितिक ट्रेडर्स प्रा.लिका सञ्चालक साह जिल्ला प्रहरी कार्यालय सर्लाहीको प्रहरी प्रमुख भएर प्रहरी उपरीक्षक  नरेशराज सुवेदी सर्लाही आएपछि केही हच्किएका थिए । तर उनको कारोवार फेरि बढ्नुमा जिल्लाको सिमा सुरक्षामा खटिएका  सशस्त्र प्रहरी र नेपाल प्रहरी दुवै सुरक्षाकर्मीहरुको हात रहेको सहजै आशंका गर्न सकिन्छ ।
यदि नियमानुसार थियो भने गोदाम सिल किन गरियो ? नियमानुसार थिएन् भने तत्काल आवश्यक कानुनी कार्बाही किन गरिएन ?माल सामान गणनास्थलमा पत्रकारहरुलाई किन जान दिईएन् ? गणना भएको मालवस्तुको विवरण किन सार्वजनिक गरिएन ?र तीनदिन भित्रमा राजश्व अनुसन्धान कार्यालय पथलैया बोलाउनुको रहस्य के हो ? भन्ने विषयमा चौतर्फि चासो बढेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech