Close This

परवानीपुरबाट ५ किलो लागु औषध गाँजा बरामद

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१-२४ गते   २७६ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका १५ परवानीपुरबाट सुरक्षाकर्मीको एक टोलीले ५ किलो गाँजा बरामद गरेको छ । लालबन्दी नगरपालिका १५, परवानीपुर पुगेको नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले खेतमा फालिराखिएको अवस्थामा ५ किलो गाँजा बरामद गरेको जनाएको छ ।
 विप्लव समुहका नेता कार्यकर्ताको गाउँमा चहलपहल बढेको स्थानिय स्तरबाट सुचना पाएपछि सशस्त्र प्रहरीको हरिवन बेस क्याम्पका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक सुशिल पराजुलीको नेतृत्वमा सागरनाथ बेस क्याम्पबाट समेत सशस्त्र प्रहरीको टोली, ईलाका प्रहरी कार्यालय केशरगंज ईश्वरपुरको टोली संयुक्त रुपमा परवानीपुर पुगेको थियो । उच्च सतर्कता सहित राती गाउँ पुगेको संयुक्त सुरक्षा टोलीले सर्च गर्ने क्रममा खेतमा रहेको गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech