Close This

लालबन्दी १५ स्थित फुलजाेर खाेलाले म्याजिक बगायाे

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-६-४ गते   १३९ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिमा १५ परवानिपुर देउरालीबाट घारिबथानतर्फ जाँदै गरेको म्याजिक फूलजोर खोलामा आएको बाढीले बगाएको छ ।

डिसहोमकाे मरेमतका लागि  कर्मचारी जाँदै गर्दा लालबन्दी नगरपालिका १५ परवानिपुर देउरालीबाट ईश्वरपुर नगरपालिका १२ घारिबथानतर्फ जान खोज्दा फूलजोर खोलामा आएको बाढीले  बा १९ च ९६६० नम्वरको म्याजिक बगाएको प्रहरीले जनाएको छ ।
डिसहोमको म्याजिक करिक दुई सय मिटर बगाएर घारिबथान र देउरालीका मानिसले शव जलाउने चिताघर नजिकै पुर्याएको ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ । प्रहरीका अनुसार  खोलाले गाडी बगाउनासाथ भित्र रहेका चालकसहित ३ जनाले भने तत्कालै भागेर ज्यान जोगाएका छन् ।
खोलामा बाढी कम भएपछि गाडी ट्याक्टरको सहयोगमा खोलाबाट निकालेर घारिबथानस्थित चाकलटोलमा लगी राखिएको ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरिक्षक शान्तराम कार्कीले जानकारी दिए ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech