सर्लाहीको बागमतीको भरत तालमा मिनिक्रुज रेल सञ्चालन

दुर्गा कुमारी अधिकारी    प्रकाशित: २०८०-७-२८ गते   २०८ पटक हेरिएको

सर्लाहीको बागमतीमा निर्माणाधिन अवस्थामा रहेको बागमती माछा पोखरी९भरत ताल०मा मिनिक्रुज रेल सञ्चालनमा आएको छ ।बागमती नगरपालिका ४ र १२ स्थित खेर गएको एक सय २१ बिघा क्षेत्रफलमा निर्माणाधिन अवस्थामा रहेको बागमती माछा पोखरी९भरत ताल०मा तिहारको अवसरमा मिनिक्रुज रेल सञ्चालनमा आएको हो ।
चार वटा डब्बा भएको मिनिक्रुज रेलमा एक पटकमा १६ जनासम्म राख्न सकिने सञ्चालक राजकुमार वि।काले जानकारी दिए । उनका अनुसार कुनै लिक नचाहिने पिच सडकमा सञ्चालन हुने मिनिक्रुज रेलको इन्जिन डब्बा बाहेक चार वटा डब्बा रहेका र एउटा डब्बामा चार जनाका दरले चार वटा डब्बामा एक पटकमा १६ जना सम्म यात्रुहरु राख्न सकिने छ ।
बागमती नगरपालिका ४ र १२ स्थित खेर गएको एक सय २१ बिघा क्षेत्रफलमा निर्माणाधिन अवस्थामा रहेको बागमती माछा पोखरी९भरत ताल०मा साना/ठुला गरेर ३५ वटा डुङ्गाहरु सञ्चालन भई रहेका छन् भने केही दिनदेखि स्काई साईक्लिनिङ र वाटर साईक्लिनिङ पनि सञ्चालन हुन थालेको बागमती इन्टरटेनमेन्ट प्रा।लिका सञ्चालक गौतम खड्काले जानकारी दिए । उनका अनुसार पर्यटकहरुलाई मनोरन्जन दिनका लागि ताल परिसरमा गोडा,उँट र किटटक पार्क लगायत राखिएका छन् भने तालको छेउमा अजिङ्गर पनि राखिएको छ ।
एक सय २१ बिघा क्षेत्रफल मध्य अहिले करिब आधा भागमा मात्र पोखरी निर्माणको पहिलो चरणको काम सकिएको बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाले जानकारी दिए ।उनका अनुसार अरु करिब आधा भागमा पोखरी निर्माणको पहिलो चरणको काम भई रहेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech