Close This

सिमेन्ट बोकेको ट्रक लालबन्दीमा दुर्घटना

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-२-२८ गते   १७५ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका ६ स्थित पूर्वपश्चिम लोकमार्गमा ट्रक दुर्घटना भएको छ ।शुक्रबार बिहान कालिन्जोर खोला –२ पुलनजिक सिमेन्ट बोकेको ट्रक दुर्घटना भएको हो ।
ना.५ ख. ३५७३ नम्बरको ट्रक अनियन्त्रित भई ट्रक दुर्घटना भएको अनुमान गरिएकोईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरिक्षक निर्मल थापाले जानकारी दिनु भयो ।  उहाका अनुसार  ट्रक दुर्घटना भए पनि चालक तथा सहचालको अवस्था भने सामान्य रहेको छ । लालबन्दीबाट बर्दीवास तर्फ जाँदै गरेको अवस्थामा ट्रक दुर्घटनामा परेको हो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech