बागमती ११ की राईको सर्पले डसेर मृत्यु

346 Shares

सर्लाहीको बागमती नगरपालिका ११ कर्मैयामा सर्पले डसेर एक महिलाको मृत्यु भएको छ ।आईतबार करेसा बारीमा फर्सीको मुन्टा टिप्न जाँदा गोमन सर्पले डसेर बागमती नगरपालिका ११ की अन्दाजी ३६ वर्षीया मुना राईको मृत्यु भएको हो।राईलाई लालबन्दी नगरपालिका १ नवलपुर स्थित सर्पदंश उपचार केन्द्रमा सामान्य उपचार गराएर थप उपचारका लागि जनकपुर लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका परिवारले जनाएको छ ।
नवलपुर सर्पदंश उपचार केन्द्रमा सर्पले डसेका बिरामीलाई समयमै ल्याउँदा एन्टीस्नेक भेनम चलाएर उपचार गर्ने गरिए पनि गम्भीर अवस्थाका बिरामीलाई जनकपुर,वीरगन्ज वा भारततर्फ रेफर गर्ने गरिएको सर्पदंश उपचार केन्द्र नवलपुरका इन्चार्ज जगर्नाथ यादवले बताए ।उनका अनुसार महिलालाई चिन्ताजनक अवस्थामा ल्याइएकाले यहाँ उपचार सम्भव नभएपछि जनकपुर रेफर गर्नुपरेको थियो । दक्ष चिकित्सकको अभावमा उपचार केन्द्रको आइसियु र भेन्टिलेटर थन्काएर राखिएकाले यहाँ उपचार सम्भव नभएका बिरामीलाई अन्यत्र रेफर गर्नुपर्दा अधिकांशको मृत्यु हुने गरेको स्थानीय बताउँछन् ।

सम्बन्धित समाचार