सर्लाहीको बागमती नगरपालिका २,जिरायतमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको छ।भने दुर्घटनामा दुुई जना घाइते भएका छन् । मंगलबार अपरान्ह करिब ४ बजे पुतली चोकबाट सोल्टी बजारतर्फ जाँदै गरेको प्रदेश ३ ०२ ००६ प ७८६८ र बा.५६ प ५२६ नम्वरको मोटरसाइकल एक आपसमा ठोक्किदा दुवै मोटरसाइकलका चालकको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक सरोज राईले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा बा.५६ प ५२६ नम्वरको मोटरसाइकल चालक रौतहटको बिसुनपूर्वा गाउँका अन्दाजी ३३ वर्षीय नागेन्द्र साह सोनार र प्रदेश ३ ०२ ००६ प ७८६८ नम्वरको मोटरसाइकलका चालक काठमाडौं महानगरपालिका २३ बसन्तपुर बस्ने अन्दाजी ३० वर्षीय विवेक मानन्धरको मृत्युु भएको छ ।दुवै मोटरसाइकलका चालकलाई प्रहरीले उद्धार गरी उपचारका लागि चन्द्रनिगाहपुर अस्पताल रौतहट लैजाँदा चिकित्सकले मृत घोषणा गरेका हुन्।दुर्घटनामा बा.५६ प ५२६ नम्वरको मोटरसाइकल पछाडि सवार भारतको बिहार राज्य बकुलिया बस्ने अन्दाजी ३४ वर्षीया मुनिदेवी साह सोनार र रौतहटको विसुनपूर्वा गाउँकी ३२ वर्षीया चनचलदेवी साह घाइते भएकी प्रहरीले जनाएको छ ।
उनीहरुलाई बागमती स्वास्थ्य संस्थामा समान्य उपचारपश्चात थप उपचारका लागि वीरगन्जतर्फ पठाइएको छ।तीव्र गतिका कारण मोटरसाइकल आपसमा ठोक्किएको प्रहरीले आंकलन गरेको छ ।पछिल्लो समय सवारी चालकहरुको लार्पबाहीका कारण दुर्घटना बढी रहेको जानकारहरु बताउँछन् । अघिकांश भित्रि सडकहरु समेत कालोपत्रे भएका कारण पनि दुर्घटनाको जोखिम बढेको छ ।