सर्लाहीका सुरक्षा अधिकारीहरूसँग नेपाल सरकारका परराष्ट्रमन्त्री बालानन्द शर्माले छलफल गरेका छन्।लालबन्दी नगरपालिका २ स्थित नेपाली सेनाको कालीध्वज गण पाँचकुमारी ब्यारेक, जुटपानीमा आयोजित छलफलमा मन्त्री शर्माले स्वच्छ,भयरहित र निष्पक्ष निर्वाचन गराउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
कार्यालयका अनुसार कुनै पनि किसिमको विवाद हुन नदिने गरी सुरक्षा व्यवस्था मिलाउन नेपाल सरकारका परराष्ट्रमन्त्री शर्माले निर्देशन दिएका छन्। छलफलका क्रममा प्रमुख जिल्ला अधिकारी रामुराज कटरिया,प्रमुख सेनानी उमेश खड्का,जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्का,सशस्त्र प्रहरी बल नेपाल नम्बर १० हे. क्वा.गण सर्लाहीका गणपति एवम सशस्त्र प्रहरी उपरीक्षक देवबहादुर चन्द तथा जिल्ला निर्वाचन अधिकारी ऋषिराम पौडेल लगायत जिल्लाका सबै सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहको थियो ।
नेपाल सरकारका परराष्ट्रमन्त्री शर्मालाई जिल्लाको वर्तमान सुरक्षा अवस्थाबारे जानकारी गराएका थिए।आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सर्लाहीका चार वटा क्षेत्र मध्य क्षेत्र नम्बर ४ लाई सुरक्षाको दृष्टिकोणले संवेन्दनशील क्षेत्र संकेत गरिएको छ ।जहाँ नेपालदी कांग्रेसका सभापति गगन कुमार थापा र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट डा.अमरेश कुमार सिंह चुनावी मैदानमा छन् ।