ठेकेदारको लार्पबाहीका कारण १० वर्षमा पनि बनेन् जिल्ला कारागार

3.8k Shares

सर्लाही जिल्ला कारागार ठेकेदारको लार्पबाहीका कारण लामो समयदेखि निर्माण कार्य अलपत्र परेको छ । ठेकेदारको लार्पबाहीका कारण जिल्लाका कैदी बन्दीहरुको व्यावस्थापनमा समस्या आएको हो । 
ठेकेदारले सम्झौता अनुसार काम नगरिदिँदा पुर्व पक्षका लागि कारागार चलान गर्नु पर्ने  कैदी बन्दीहरुको व्यावस्थापनमा समस्या भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक  सन्तोष सिंह राठौरले बताउनु भयो । उहाँका अनुसार अदालतबाट सजाय तोकिएका र पुर्वपक्षका लागि कारागार चलान गर्नु पर्ने कैदी बन्दीलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीले छिमेकी जिल्लाको साहारा लिनु परि रहेको छ । 
पुर्व पक्षका लागि कारागार चलान गरिएका कैदी बन्दीलाई पनि प्रहरी कार्यालय कै थुनुवा कोठामा राख्नु पर्ने बाध्यता रहेको प्रहरी उपरिक्षक राठौरको भनाई छ ।  आफ्नै जिल्लामा कारागार नभएको कारणले सर्लाहीका थुनुवाहरु महोत्तरीका साथै सुनसरी,सिन्धुली लगायतका छिमेकी जिल्लाका कारागारमा पठाउनु पर्दा समस्या भएको प्रहरीको भनाई छ ।
ठेकेदार कम्पनीले पटक पटक म्याद थप गरि म्याद गुजारी सकेको भएपनि अझै निर्माण सम्पन्न गर्न सकेको छैन् । कोरोना भाईरसको महामारी लगायतका विभिन्न बाहना देखाउँदै ठेकेदार कम्पनी पन्छीने गरेको छ । ठेकेदार कम्पनीले २०७८ असारसम्ममा जिल्ला कारागारको निर्माण कार्य सम्पन्न गर्ने आश्वासन दिएको कारागार प्रमुख रामनरेश रामले बताउनुभयो ।आफुले निर्माण कार्य चाँडै सकाउन ठेकेदार कम्पनीलाई ध्यानाकर्षण गराएको कारागार प्रमुख रामले बताउनु भयो ।
जिर्ण कारागार निर्माण गर्न भन्दै २०६७ साल भदौमा सम्झौता गरेर २ वर्षमा सक्ने गरि जेभि कन्ट्रक्सन ललितपुरले ठेक्का सकारेको थियो । तर पटक पटक म्याद थप गरेर पनि ठेकेदारले कारागारको निर्माण सम्पनन गर्न सकेको छैन । पटक पटक समय थप गर्दापनि हाल सम्म ६५ प्रतिशत मात्र काम सकिएको छ । भने ठेकेदार कम्पनी फेरी पनि म्याद थप गर्न दौडधुपमा रहेको छ ।

सम्बन्धित समाचार