सर्लाहीको लालबन्दी विगत तीन दिनदेखि सञ्चालित प्राथमिक उपचार र लागू औंषध नियन्त्रण सम्बन्धि तालिम सम्पन्न भएको छ।बागमती सेवा समाज नेपाल सर्लाही र नेपाल रेडक्रस सोसाईटीको समन्वय तथा वल्ड भिजन नेपालको साझेदारीमा बिहीबारबाट सुरु भएको प्राथमिक उपचार र लागू औंषध नियन्त्रण सम्बन्धि तालिम शनिबार सम्पन्न भएको बागमती सेवा समाज नेपाल सर्लाहीकी अध्यक्ष रविना भण्डारीले जानकारी दिईन् ।

उनका अनुसार पछिल्लो समय अधिकांश युवा युवतीहरु विभिन्न वाहनमाा लागू औंषधको लतमा फसेका र त्यसलाई कसरी लागू औंषधको लतबाट बाहिर निकाल्ने भन्ने सचेतना जगाउन लागू औंषध सम्बन्धि गोष्ठीको आयोजना गरिएको हो।तालिममा लागू औंषधको प्रयोग,असर,समस्या र न्यूनिकरणका विषयमा सहभागी युवायुवतीहरुलाई जानकारी गराईएको सहजकर्ता जोत्सना डाँगीले बताईन् ।
त्यसैगरी,पछिल्लो समय सामान्य स्वास्थ्य समस्या देखिएपनि औंषधी खाने चलन सुरु भएकाले यसले स्वास्थ्यलाई ठूलो असर पारेको अवस्थामा प्राथमिक उपचार तालिमले सकारात्मक प्रभाव पार्ने सहजकर्ता भानुभक्त बरालले बताए।“सेफ्टी फस्ट”भने गाउँ घरमा हुने आपतकालीन स्वास्थ्य समस्याहरुबाट कसरी सुरक्षित रहन सकिन्छ भन्ने विषयमा सबैले ध्यान दिन जरुरी रहेको बरालले बताए ।