सर्लाहीको मलंगवा नगरपालिका का नगर प्रमुख नागेन्द्र प्रसाद यादवविरुद्ध वडाध्यक्षहरुले आन्दोलन सुरु गरेका छन् । नगरप्रमुख यादवले नगरपालिका को काम कारवाही निजीकरण गरेको आरोपसहित वडाध्यक्षहरु सहित जनप्रतिनिधिहरुले आन्दोलन सुरु गरेका हुन् । नगरपालिका भित्र शिक्षक,कर्मचारी तथा स्वास्थ्यकर्मीहरु गायतको तलब र ज्येष्ठ नागरिक लगायतको सामाजिक सुरक्षा भत्ता रोकिएपछि वडाध्यक्षहरुका साथै जनप्रतिनिधि हरु असन्तुष्ट बनेका हुन ।
आन्दोलित वडाध्यक्षहरु, जनप्रतिनिधिहरु र स्थानीयले नगर प्रमुख यादवलाई भेटेर ज्ञापनपत्र बुझाउने तयारी गरेका भएपनि नगरप्रमुख यादव कार्यालयमै नआएपछि उपप्रमुख सकुन्तला देवी साहलाई ज्ञापन पत्र बुझाएका हुन।वडाअध्यक्षहरु र जनप्रतिनिधि हरुका साथै स्थानीयको ज्ञापन त्रप बुझेपछि नगर उपप्रमुख साह समेत नगर प्रमुख यादवका विरुद्धको आन्दोलनमा सहभागी भएकी छन्।मलंगवा नगरपालिका सहित ब्रम्हपुरी र विष्णु गाउँपालिकाको खाता कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) सर्लाहीले रोक्का गरेपछि कर्मचारी,शिक्षक तथा सामाजिक सुरक्षा भक्ता लिने लाभग्राहीहरुको तलब भत्ता निकासा नभएपछि वडाअध्यक्षहरु सहित जनप्रतिनिधिहरु र स्थानीय आन्दोलित भएका हुन ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत रहेका स्थानीय तहहरुको खाता रोक्का राख्ने मन्त्रालयको निर्देशन पछि कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) सर्लाहीले मलंगवा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदीको हस्ताक्षरलाई आधिकारिक नमानेपछि समस्या उत्पन्न भएको हो ।
शिक्षातर्फका उपसचिव सुवेदीलाई बारम्बार निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाएर मलंगवा नगरपालिकामा काम गराउँदै आईएको छ । पटक पटक मलंगवा नगरपालिकामा शिक्षातर्फका उपसचिव सुवेदीलाई नै निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाउने र नगर प्रमुख यादव भ्रष्टाचारमा लिप्त हुने गरेका स्थानीय बताउँछन् ।स्थानीयका अनुसार नगर प्रमुख यादव माद्यक पदार्थ सेवन गरेर कार्यालयमा आउने र स्थानीयलाई अनावश्यक गाली गर्ने सम्म गर्छन्।