निमित्त प्रधानाध्यापकको विषयलाई लिएर हरिपुर्वा ४ को जनता अधारभूत विद्यालयमा विवाद

1.7k Shares

सर्लाहीको हरिपूर्वा नगरपालिका ४,डुमरियामा रहेको जनता अधारभूत विद्यालयमा राजनितिक द्वन्द्व देखिएको छ । विद्यालयका निमित्त प्रधानाध्यपक राहत कोटा अनुदानमा कार्यरत मिना यादवको सरुवा तथा विद्यालयमा कक्षा कोठा अभावको पूर्ति र शिक्षक पदपूर्तिको माग राख्दै सो विद्यालयका बालबालिकाहरु आन्दोलीत भएका छन् ।
हरिपूर्वा नगरपालिका ४,डुमरियामा रहेको जनता अधारभूत विद्यालयमा अध्यायनरत  विद्यार्थीहरुले विद्यालयका निमित्त प्रधानाध्यपक राहत कोटा अनुदानमा कार्यरत मिना यादवको सरुवा तथा विद्यालयमा कक्षा कोठा अभावको पूर्ति र शिक्षक पदपूर्तिको माग राख्दै हरिपूर्वा नगरपालिकामा पुगि नारा जुलुस गर्दै प्रदर्शन गरेका हुन ।
 विद्यालयमा अहिले कक्षा ८ सम्म पढाई हुँदा पनि राहत कोटा अनुदानमा यादव एक जना तथा वालविकास कोटाका कर्मचारी रीता यादव र अनिता कुमारी यादवले अध्यापन गराइरहेका हरिपुर्वा नगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।
सो विद्यालयमा करिब ४ सय बालबालिका अध्यायनरत रहेका छन् । तरपनि विद्यालयमा शिक्षकको अभाव र भौतिक संरचनाको अभावका कारणले आफुहहरुको भविष्य अन्धकारमा परेको भन्दै आफुहरु आन्दोलीत भएको विद्यार्थीहरुले बताएका छन् । 
राहत कोटामा कार्यरत निमित्त प्रधानाध्यापक यादव पूर्व वडाध्यक्षको बुहारी भएको कारणले विद्यालयलाई राम्रोसँग सचालन गर्ने सोचाइ नभएको र उनी रहँदासम्म विद्यालय अव्यवस्थित नै रहने भएकाले उनलाई तुरन्त सरुवा गरी अर्को शिक्षक पठाउन नगरपालिकासँग आफुले माग गरेको हरिपुवा नगरपालिका ४ का वडाध्यक्ष नोखेलाल रायले बताउनु भयो ।
राहत कोटामा कार्यरत कर्मचारीको सरुवा नै नहुने शिक्षा ऐन रहेको र विगत ३ वर्ष देखि आफू त्यस विद्यालयको निमित्त प्रधानाध्यापक भएर काम गर्दा कुनै पनि विवाद नभएको निमित्त प्रध्यानाध्यापक यादवले दावी गनृुभयो ।
हाल निर्वाचित वडाध्यक्ष रायले राजनितिक द्वन्द सिर्जना गरी बालबालिकालाई फकाइफुलाई नारा जुलुस गर्न लगाएको प्रधानाध्यापक यादवको आरोप छ । तरहरिपुर्वा नगरपालिकाका विभिन्न विद्यालयहरुमा पटक पटक अनावश्यक विषयमा विवाद सृजना गरिँदा विद्यार्थीहरुको पढाईमा नराम्रो असर परेको स्थानियले बताएका छन् ।

सम्बन्धित समाचार