मधेश केन्द्रित दलहरूद्धारा आतंकवाद विरुद्ध ऐक्यबद्धता

375 Shares

नेपालका मधेश केन्द्रित दलहरूले भारत–पाकिस्तानबिच तनाव भइरहेका बेला आतंकवाद विरुद्ध ऐक्यबद्धता जनाएका छन्।सात दलीय संघीय लोकतान्त्रिक मोर्चाको बैठकले भारत–पाकिस्तानबिच तनाव भइरहेका बेला आतंकवाद विरुद्ध ऐक्यबद्धता जनाएका हुन ।त्यस्तै,महेन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले पनि विज्ञप्ति जारी गरी आतंकवाद विरुद्ध सबैखाले संघर्ष र कारबाही प्रति ऐक्यबद्धता जनाएका छन् ।

1.jpg
जारी विज्ञप्तिमा“२०८२ वैशाख ९ गते मंगलबार मित्रराष्ट्र भारतको काश्मीर स्थित पहलगाममा आतंकवादीहरूले आक्रमण गरी नेपाली नागरिक सुदिप न्यौपानेसहित २८ जना भारतीय पर्यटकको गरेको हत्या प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।नेपाली नागरिक न्यौपानेको परिवारलाई क्षतिपूर्ति,सहयोग र रेखदेख गर्न नेपाल सरकारसँग आग्रह गर्दछौँ ।”

2.jpg
मोर्चामा उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल,सीके राउत नेतृत्वको जनमत पार्टी,महन्थ ठाकुर नेतृत्वको लोसपा नेपाल,रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी,हृदेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशिल पार्टी,राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी,वृषेशचन्द्र लाल नेतृत्वको तमलोपा लगायत मधेश केन्द्रित दलहरूले भारत–पाकिस्तानबिच तनाव भइरहेका बेला आतंकवाद विरुद्ध ऐक्यबद्धता जनाएका हुन ।“आतकंवाद विरुद्ध गरिएका यस्ता कारवाहीको लोसपा नेपालले समर्थन गर्दछ।”मधेश केन्द्रित दलहरूले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।विश्वको जुनसुकै कुनामा हुने आतकंवाद विरुद्ध कारबाहीप्रति आफ्नो पार्टीको ऐक्यबद्धता उनीहरुले बताएका छन् ।

3.jpg
वैशाख ९ गते भारतको जम्मु काश्मीरको पहलगममा भएको आतंककारी आक्रमणमा एक जना नेपाली न्यौपानेसहित २८ जना मारिएका थिए।त्यसको प्रतिकारस्वरूप वैशाख २३ गते राति भारतले “अपरेशन सिन्दूर” चलाएको छ।जसका कारण पाकिस्तान शासित काश्मीरमा रहेका आतंकारीका नौ वटा सेल्टरमा आक्रमण भएको छ ।“भारतले सुरु गरेको आतंकवाद विरुद्ध कारबाही अन्तर्गत पाकिस्तानी आतंकवादीको आश्रयस्थललाई ध्वस्त पार्ने कार्य मानवतालाई संरक्षण सम्बद्धर्न तथा आतकंवादलाई निस्तेज गर्ने कार्य सराहनीय छ।”विज्ञप्तीमा उल्लेख गरिएको छ ।

सम्बन्धित समाचार