उद्योगका लागि विद्युत विस्तारमा स्थानीयको अवरोध

448 Shares

महोत्तरीको गौसाला नगरपालिका १ रामनगर इटाटारमा निर्माणाधिन अवस्थामा रहेको नेपाल पल्प एन्ड पेपर इन्डस्ट्रिज प्रा.लि.मा विद्युत विस्तार गर्न लाग्दा स्थानीयले अवरोध गरेका छन्।गौसाला नगरपालिका १ स्थित रामनगर इटाटारमा निर्माणाधिन अवस्थामा रहेको नेपाल पल्प एन्ड पेपर इन्डस्ट्रिज प्रा.लि.सञ्चालनका लागि ३३ केभिए प्रसारण लाइन विस्तार गर्ने क्रममा स्थानीयले अवरोध गरेका हुन्।
नियम विपरित घनाबस्तिबाट विद्युत प्रसारण लाइन विस्तार हुँदा मानवीय जोखिम हुने र उद्योगको लागि विस्तार तथा प्रसारण हुने लाइन अन्डर ग्राउण्ड नभए खोलाको छेउबाट लैजानु पर्ने स्थानीयहरुको माग छ ।रामनगर स्थित रहेको नेपाल पल्प एण्ड पेपर इन्डस्ट्रिज प्रा.लि.का लागि ३३ केभी विद्युत प्रसारण लाईन बस्ती हुँदै विस्तार गर्दा जोखिम बढ्ने भन्दै विजुलीको पोल गाड्न स्थानीयले रोकेपछि नेपाल पल्प एन्ड पेपर इन्डस्ट्रिज प्रा।लि।सञ्चालनका लागि ३३ केभिए प्रसारण लाइन विस्तार गर्ने काम रोकिएको छ ।
स्थानीयले भने जस्तो जोखिम नरहेको भएपनि विद्युत विस्तार गर्न स्थानीयले रोकेका नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र गौसालाका प्रमुख जगरनाथ झाले बताए । उनले उद्योगलाई प्रसारण लाइन विस्तार गर्न लागेको जस्तो देखिए पनि खासमा गौसालामा सब स्टेशन स्थापनाको विद्युत प्रसारण लाईनविस्तार गर्न लागिएको र स्थानीयको अवरोधका कारण हाललाई विद्युत प्रसारण लाईन विस्तारको कार्य रोकिएको बताए ।

WhatsApp Image 2024-08-13 at 7.52.38 AM.jpeg
यता,उद्योग बाणिज्य संघ गौसालाले एक विज्ञप्ती जारी गरि गौसाला नगरपालिका १ रामनगर ईटाटारमा निर्माण भइरहेको राष्ट्रिय गौरवको ठुलो आयोजना नेपाल पल्प एण्ड पेपर ईन्डस्ट्री प्रा.लि.लाई विद्युत प्राधिकरणले प्रदान गर्ने ३३ केभिए प्रसारण लाईनमा विगत तीन महिना देखि भइराखेको अवरोध प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विद्युत विस्तारको काम विद्युत प्राधिकरणको नियमावली अनुसार नै भएको र सर्वदलीय भेला र स्थानीय वुद्धिजीविहरुबाट पारित भइसकेको अवस्थामा सिमित व्यक्तीहरुले उद्योग सञ्चालनमा बाधा पुयाउनु गम्भीर र आपत्तीजनक रहेको उद्योग बाणिज्य संघ गौसालाका अधयक्ष राम राजा प्रसाद साहले हस्ताक्षर गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।नगरको सम्पूर्ण आर्थिक विकासमा उद्योगको अहम भुमीका हुने भएकाले गौसाला  क्षेत्रमा ठूलो उद्योग स्थापना हुनु गौसालाबासीको गर्वको कुरा रहेकाले सो उद्योग सञ्चालनमा सहयोग गरिदिन पनि उद्योग बाणिज्य संघ गौसालाले आग्रह गरेको छ ।
देशमा आर्थिकसंकट भई रहेको समयमा आफ्नै गाउँ टाउँमा स्थापना हुन लागेको उद्योगलाई प्रोत्साहन गर्नुको सट्टा स्थानीयले अवरोध गर्नुले विकास समृद्धिको आयामा गौसिालालाई अझैँ पछाडि धकेल्न खोजेका स्थानीय जानकारहरु बताउँछन् । ठूलो उद्योग स्थापना हुँदा स्थानीयले रोजगारी पाउनुका साथै गौसालाको पहिचानमा समेत सकारात्मक प्रभाव पर्ने भएकाले उद्योग स्थापना र सञ्चालनमा सहजता ल्याउन स्थानीयको भरपुर साथ र सहयोग रहनु पर्ने जानकारहरु बताउँछन् ।

सम्बन्धित समाचार