Close This

माओवादी केन्द्र सिन्धुलीद्धारा आजै नौ वटै स्थानीय तहमा सर्वसहमत नेतृत्व चयन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-८-११ गते   १७०७ पटक हेरिएको

नेकपा (माओवादी केन्द्र) सिन्धुलीले जिल्लाका नौ वटैै स्थानीय तहमा सर्वसहमत नेतृत्व चयन गरेको छ । देशै भर एकै साथ आज(शनिबार)भएको पालिका अधिवेशन अन्तर्गत सिन्धुलीका  नौ वटै स्थानीय तहमा अधिवेशन सम्पन्न भएको हो ।
सबै स्थानीय तहको अधिवेशनले सर्वसमत पालिका स्तरी समिति गठन गरेको नेकपा(माओवादी केन्द्र) सिन्धुलीले जनाएकोछ । कमलामाई नगरपालिकामा शेरबहादुर कार्कीको अध्यक्षतामा ६५ सदस्यीय नगर कमिटि गठन भएको नगर इन्चार्ज यमकुमार देवकोटाले जानकारी दिनुभयो । नगर कमिटिको अन्य पदाधिकारी कमिटि सदस्यहरुबाट नै पछि छनौट गर्ने गरी नगर अधिवेशन सम्पन्न भएको नगर इन्चर्जा देवकोटाले जानकारी दिनुभयो ।
नेकपा (माओवादी केन्द्र)का स्थायि समिति सदस्य तथा पूर्व कृषि मन्त्री हरिबोल गजुरेलको प्रमुख आथित्यमा नगर अधिवशेन उसम्पन्न भएको हो । त्यस्तै दुधौली नगरपालिकामा दिपक खड्काको अध्यक्षतामा नगर कमिटि गठन भएको छ । नेकपा(माओवादी केन्द्र)का केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज राजन दहाल(लेखनाथ)को प्रमुख आतिथ्यतामा भएको सम्मेलनले खड्काको नेतृत्वमा ७५ सदसीय समिति गठन गरेको छ ।
त्यस्तै हरिहरपुरगढी गाउपालिकामा कार्साङ लामा, घ्याङलेख गाउपालिकामा शंखर मान घलान र फिक्कल गाउँपालिकामा लोकेन्द्र कार्कीको अध्यक्षतामा ५५÷५५ सदस्यीय समिति गठन भएको नेकपा(माओवादी केन्द्र) सिन्धुलीका संगठन विभाग प्रमुख गणेश रत्नले जानकारी दिनुभयो ।
त्यसैगरी सुनकोशी गाउँपालिकाको प्रथम अधिवेशनले दुधराज पुलामीको अध्यक्षतामा ५५ सदस्यीय समिति गठन गरेको छ । त्यस्तै गोलन्जोर गाउँपालिकाकामा कृष्ण प्रसाद(केपि) पाख्रेल र मरिण गाउँपालिकामा गोपाल बुढाथोकीको अध्यक्षतामा समिति गठन भएको नेकपा(माओवादी केन्द्र) सिन्धुलीले जनाएको छ ।
तीनपाटन गाउँपालिकाकाको प्रथम अधिवेशन शुक्रवार नै सम्पन्न भएको थियो । अधिवेशनले आनन्द कार्कीको अध्यक्षतामा ५५ सदस्यीय समिति गठन गरेको छ ।  नेकपा (माओवादी केन्द्र)ले पालिकाकालाई कार्यकारी र जिल्लालाई समन्वयकारी वनाएसँगै पालिका अधिवेशनलाई निक्कै महत्वका साथ हेरिएकोे छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech