Close This

हराएका मोवाईल फेलापारी हस्तान्तरण

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१-२२ गते   ३४४ पटक हेरिएको

सर्लाहीको लालबन्दी क्षेत्रबाट विभिन्न समयमा हराएका मोवाईलहरु प्रहरीले फेला पर्ने क्रम बढेको छ । सम्बन्धीत मोवाईल धनीले मोवाईल हराएको उजुरी दिएका र ती मोवाईलहरु खोजी गर्ने क्रममा ईलाका प्रहरी कार्यालय लालबन्दीले फेला पारेका १० वटा मोवाईल सोमबार सम्बन्धीत मोवाईल धनीलाई हस्तान्तरण गरेको छ । 
विभिन्न समयमा हराएका मोवाईलहरु खोजी गर्ने क्रममा प्रहरीले यसअघि ११ वटा मोवाईल फेला पारेर सम्बन्धीत मोवाईल धनीलाई हस्तान्तरण गरेको थियो । लक डाउनको पालना गराउन निरन्तर खटि रहेको प्रहरीले लक डाउनको अलावा अरु अपराधिक गतीविधिमा संग्लग्न कार्यहरुलाई पनि नियन्त्रण गर्ने काम निरन्तर गरि रहेको ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख तथा प्रहरी निरिक्षक नारायण थापाले जानकारी दिनु भयो ।
लक डाउनको समयमा मानिसहरुको हिडडुल कम हुने गरेका कारण पनि अपराधिक गतिविधिहरु बढ्न सक्ने भन्दै प्रहरी अरोरात्र खटिरहेको प्रहरी निरिक्षक थापाले बताउनु भयो । सोही क्रममा फेला पारेका मोवाईलहरु सम्बन्धीत मोवाईल धनीलाई हस्तान्तरण गरिएको प्रहरीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech