सवारी दुर्घटनामा नापी कार्यालय प्रमुख मानन्धर सहित ११ जना गंभिर घाईते

255 Shares

सर्लाहीको मलंगवा नवलपुर सडक खण्डमा अन्तर्गत मलंगवा नगरपालिका १० गम्हरियामा भएको सवारी दुर्घटनामा  ११ जना गंभिर घाईते भएका छन् ।सोमबार साँझ करिब आठ बजे मलंगवाबाट नवलपुर तर्फ आउँदै गरेको भारतिय विआर ०६ पिडी ९६४८ नम्बरको स्कारपियो मलंगवा नगरपालिका १० स्थित गम्हरियामा उखु बोकेको ट्याक्टरसंग एक आपसमा ठोकिँदा नापी कार्यालय मलंगवाका प्रमुख संजय मानन्धर सहित  ११ जना गंभिर घाईते भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दिपेन्द्र पञ्जिार थारुले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा नापी कार्यालयका प्रमुख माननधर,बैधनाथ राउत,अजय कुमार यादव,बैजु यादव,रामलाल साह,संजिव कुमार मण्डल,दिपेन्द्र यादव,विनोद घिमिरे,शाहिद अनवर,रामबाबु राय र रिपेन यादव गंभिर घाईते भएका हुन ।घाईतेहरुलाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार पश्चात थप उपचारका लागि वीरगन्ज तर्फ पठाईएको सर्लाही प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार