Close This

डिआईजी रन्जितकारद्वारा जिल्ला प्रहरी कार्यालय सर्लाहीको निरीक्षण

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-३-२६ गते   ७९ पटक हेरिएको

प्रदेश २ प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) उमेश रन्जितकारले शुक्रवार जिल्ला प्रहरी कार्यालय सर्लाहीको निरीक्षण गर्नु भएको छ । प्रदेश २ मा भर्खरै सरुवा भएर आउनु भएका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) रन्जितकारले  जिल्ला प्रहरी कार्यालय सर्लाहीको निरीक्षणसहित प्रहरी अधिकृतहरुलाई निर्देशन समेत दिनु भएको छ ।
उहाँलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरिक्षक सन्तोष सिंह राठौरले जिल्लाको शान्ति सुरक्षाको अवस्था, सर्लाही प्रहरीको काम कारवाही लगायतका बारेमा जानकारी गराउनु भएको भयो ।
निरीक्षणका क्रममा डीआईजी रन्जितकारले प्रहरी अधिकृतहरुलाई प्रहरीको मर्यादा र अनुशासनमा रही काम कारवाही गर्न निर्देशन दिनु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । 
डीआईजी रन्जितकारको निरीक्षण तथा ब्रिफिङमा जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरिक्षक राठौर, जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक माधव प्रसाद बुढाथोकी, ईलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख एवम प्रहरी नायव उपरिक्षक उद्धव सिंह भाट लगायत विभिन्न प्रहरी युनिटका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech